सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै आएको छ । आज एकै दिन सुन तोलामा ३ हजार ९०० रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार ९०० रुपैयाँले बढेको सुन तोलाको १ लाख ८५ हजार पुगेको छ ।
अघिल्लो दिन बिहीबार एक तोला सुनको मूल्य १ लाख ८१ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला चाँदी १९ सय रुपैयाँमा कारोबार भएको थियो ।