ज्ञानेन्द्र प्रवासी नेपाली मञ्च अमेरिका मेरिल्यान्डको अध्यक्ष चयन

बाल्टिमोर/ ज्ञानेन्द्र गतराज प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका मेरिल्यान्ड राज्य कमिटीको अध्यक्ष चयन भएका छन्।
मेरिल्यान्डको बाल्टिमोरमा आइतबार सम्पन्न अधिवेशनले गतराजको अध्यक्षता ७ सदस्य सर्वसम्मत नयाँ कार्यसमिति पनि निर्विरोध चयन गरेको हो।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा अमेरिका महादेश इन्चार्ज प्रभुराम थापाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले उपाध्यक्ष रेमन थापामगर र सचिवमा पी आर देवकोटा र उपसचिव निर्भीक ठकुरीलाई चयन गरेको छ।
यस्तै सदस्यहरूमा सुवास पोख्रेल,योगेन्द्र खत्री र पदम मरासिनी चयन भएका छन्।
अधिवेशनमा विशेष अतिथि मदन भण्डारी फाउन्डेशनका सचिव सन्तोष रावल,ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण प्रसाद लामिछाने ,ओएनएफ अन्तर्राष्ट्रिय कमिटी उद्योग विभाग सदस्य वाई वि पन्त,महादेश कमिटी सदस्य केशव राज लोहोनि थिए।
यस्तै अतिथिहरू ओएनएफ राष्ट्रिय कमिटी उपाध्यक्ष गोपाल कँडेल, उपसचिव गोविन्द खनाल ,बानाका अध्यक्ष सुबोध विलास पन्त ,ओएनएफ बुद्धिजीवी विभाग प्रमुख तथा बाना ट्रस्टी अध्यक्ष कुलमणि आचार्य लगायतले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिएका थिए।
कार्यक्रममा संस्थापक सदस्य राजेन्द्र के सी ,राष्ट्रिय कमिटी सचिवालय सदस्य दुर्गा विक, विजय बगाले,राष्ट्रिय कमिटी सदस्यहरू उपेन्द्र राउत ,दिपक सापकोटा भर्जिनिया ,गणेश पौड्यल लगायतको उपस्थिति रहेको थियो ।