राजावादीहरूको प्रदर्शनमा तीन सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते

काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको राजवादीहरूको प्रदर्शनमा हालसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले अहिलेसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको जनकारी दिए ।
उनले भने,अहिलेसम्म तीन जना सुरक्षाकर्मी घाइते हुनुभएको छ । साथै १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।’ उनले कर्फ्यु आदेश गरिसकेको भए पनि अवस्था सामान्य नबनेको बताए ।
आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो ।