नमस्ते फर्निचर ह्यारिसबर्गले ल्यायो विषेश अफर, बाल्टिमोर सम्म फ्रि डेलिभरी
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा रहेको नमस्ते फर्निचरले विषेश अफर ल्याएको छ। नमस्ते फर्निचर ह्यारिसबर्गमा नेपाली भाषीहरूले खोलेको पहिलो र एक मात्र फर्निचर स्टोर हो।
यो ह्यारिसबर्गको युनियन डिपोजिट रोड (3849C Union Deposit Rd Harrisburg, PA 17109) मा रहेको छ।
नेपाल र भुटानबाट आएका नेपाली भाषीको संयुक्त लगानीमा गत सेप्टेम्बरमा नमस्ते फर्निचरको स्थापना भएको थियो।
नमस्ते फर्निचरका संचालक मध्येका एक भवानी महतका अनुसार ह्यारिसबर्ग देखि ५० माइलको दुरीमा सबै फर्निचरको निःशुल्क डेलिभरी दिने अफर ल्याइएको छ।
यस्तै नमस्ते फर्निचरले मेरील्याण्ड राज्यको बाल्टिमोरलाई केन्द्रित गरेर पनि अफर ल्याएको छ। महतका अनुसार बाल्टिमोरमा पनि फ्रि डेलिभरी र इन्सटलमेन्टको दिइने छ तर त्यो सुविधा पाँच हजार भन्दा बढीको सामाग्री खरिद गर्नेहरूका लागि मात्र उपलब्ध हुने छ।
‘हामी मूल्यमा अन्य भन्दा सस्तोमा दिन्छौ, पाँच वर्षको वारेन्टी हुन्छ र फ्रि डेलिभरी पनि दिन्छौ।’ समाज टाइम्स सँग महतले भने।
महतले सस्तो मूल्यको ग्यारेन्टी नै दिने दाबी गरे। साथै फर्निचर किन्नु अगाडि बजार भाउ बुझ्न पनि महतले सुझाव दिएका छन्।
‘झ्याप्पै लगानी नगर्नु होला, अन्य फर्निचरमा पनि जानुहोस्, त्यसको मूल्य र अन्य सबै छुटको बारेमा बुझ्नु होला त्यस पछि हामी कहाँ आउनु होला त्यही सामान हामी अन्यत्र भन्दा सस्तो दिन्छौ।’ महतले भने, ‘प्राइज-म्याच, फ्रि डेलिभरी, फ्रि इन्सटलमेन्ट र पाँच वर्षको ग्यारेन्टी हुन्छ।’ महतले भने, ‘जिरो प्रतिशत एपिआरमा फाइनान्सको पनि व्यवस्था छ।’