पेन्सिल्भेनियाबाट २० जना नेपाली भाषी भुटानी पक्राउ,चार जना देश निकाला

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग , पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ह्यारिसबर्ग क्षेत्रबाट पक्राउ परेका चार जना नेपाली भाषी भुटानी देश निकालामा परेका छन्।
भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग बीसीएचका अध्यक्ष तिलक निरौलाका अनुसार उनीहरूलाई बिहीबार भारतको दिल्ली पुर्याइएको छ।
दिल्लीबाट अब भुटानको पारो लैजाने तयारी भएको निरौलाले बताए।
‘ह्यारिसबर्गबाट अहिले सम्म २० जना पक्राउ परेको हाम्रो जानकारीमा आएको छ, त्यस मध्ये चार जनालाई दिल्ली पुर्याइएको छ अब उनीहरूलाई अब भुटानको पारो लैजान लागिएको छ।‘ समाज टाइम्स सँगको कुराकानीमा निरौलाले भने।
निरौलाका अनुसार पक्राउ भएका सबै नेपालमा रहेको शरणार्थी शिविरबाट तेस्रो देश पुनर्वास अन्तर्गत अमेरिका आएका हुन र सबै सँग ग्रीनकार्ड रहेको छ।
‘ग्रीनकार्ड भए पनि कुनै न कुनै अपराधमा संलग्न भएकाहरू देश निकाला परेको हामीले पाएका छौ।‘ निरौलाले भने।
सन् १९९० मा भुटानबाट ठूलो संख्यामा नेपाली भाषी लखेटिका थिए। उनीहरु झण्डै दुई दशक पूर्वी नेपालमा शरणार्थी शिविरमा बसेका थिए।