अमेरिकामा ग्रीनकार्ड धारकलाई कुनै समस्या छैन : विदेश मन्त्री रुवियो

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ विदेश मन्त्री मार्को रुवियोले अमेरिकामा ग्रिनकार्ड बाहकलाई कुनै समस्या नभएको बताएका छन्।
क्यारेवियन राष्ट्र जमैकाको भ्रमणमा रहेका स्टेट सेक्रेटरी मार्को रुवियोले बुधवार एक पत्रकार अन्तरक्रियामा एक प्रश्न को जवाफ दिँदै अमेरिकी आप्रवासनको अहिलेको नीतिले ग्रीन कार्ड धारक प्रवासीलाई कुनै समस्या नभएको बताएका हुन्।
जमैकन प्रधानमन्त्री एन्ड्र्रु होलेन्स र अमेरिकी विदेश मन्त्री मार्को रुवियोको संयुक्त पत्रकार सम्मेलनमा जमैकाका एक पत्रकारको प्रश्नमा उनले यस्तो भनेका हुन्।
“अहिले जमैका माथिको ट्राभल ब्यान (यात्रा निषेध) ले ग्रीन कार्ड धारी जमैकन आफ्नो देश आउन डराएका छन् । ग्रीन कार्ड धारको हकमा के हुन्छ ?” भन्ने प्रश्नको उत्तरमा रुवियोले भने, “यदि तपाई ग्रीन कार्ड धारको हो भने अमेरिकामा गैह्र कानुनी होइन ।’
‘कुनै पनि देश या समाजले अनियन्त्रित आप्रवासन धान्न सक्दैन । यही जमैका पनि आप्रवासन बढ्यो भने यो देशले पनि धान्न सक्दैन । अहिले अमेरिकामा आप्रवासन अनियन्त्रित को अवस्थामा आयो । अहिलेको आप्रवासन नीति गैह्र कानुनी आप्रवासीका केन्द्रित छ । अप्ठ्यारोमा परेका समाज प्रति हाम्रो सहानुभूति छ तर आप्रवासनको पनि सीमितता हुन्छ” । रुवियोले भने।
“चुनौती भनेको गैह्र कानुनी रुपमा अमेरिका आउनेको हो ।” उक्त संयुक्त व्रिफिङ्गमा निकै आक्रामक हुँदै उनले भने, “यदि तपाई विद्यार्थी भिषामा हुनुहुन्छ र अमेरिकी मान्यता विरुद्धको राजनीतिक गतिविधिमा हुनु हुन्छ भने हामी त्यस्तालाई निकाला गर्ने छौँ ।”