पेन्सिल्भेनियाको विशेष निर्वाचनमा डेमोक्रयाटिक पार्टीको ऐतिहासिक जित, ४६ वर्ष पछि रिपब्लिकन गढ तोडियो

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टर काउन्टीमा सम्पन्न विशेष निर्वाचनमा डेमोक्रयाटिक पार्टीले ऐतिहासिक जित हार पारेको छ ।
गत वर्ष नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीले करिब १५ प्रतिशत (१५ पोइन्ट) ले निर्वाचन जितेका क्षेत्रमा मार्च २५ तारिख , मंगलबार सम्पन्न विशेष निर्वाचनमा हार बेहोरेको छ ।
राष्ट्रपति निर्वाचनमा यस काउन्टीमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन तीन पटक सम्म चुनावी सभालाई सम्बोधन गरेका थिए।
ल्यानक्यास्टर काउन्टीको ३६ औँ सिनेट डिट्र्रिकको विशेष निर्वाचनमा डेमोक्रयाटिक उम्मेदवार जेम्स म्यालोन विजयी भएका छन् । म्यालोनले रिपब्लिकन उम्मेदवार जस पार्सन लाई करिब ४ सय ८२ मत ले हराउँदै स्टेट सेनेटरमा विजयी भएका हुन् ।
पेन्सिलभेनिया राज्यमा ५० सदस्यीय सिनेट सभा रहेकोमा म्यालोनको जित सँगै अव डेमोक्रयाटको २३ सिनेटर हुने छन् भने बहुमत सदस्य २७ सिनेटर रिपब्लिकन पार्टीको नै रहने छ ।
म्यालोनको जितले स्टेट सिनेटमा खासै परिवर्तन नभएता पनि यो हार ले रिपब्लिकन पार्टीमा भने ठूलो हलचल ल्याएको स्थानीय मुलधारमा संचार माध्यामले जनाएका छन् ।
सन् १९७९ देखि यता कुनै पनि डेमोक्रयाटिक उम्मेदवारले निर्वाचन नजितेको यस क्षेत्रमा विषेश निर्वाचनको नतिजालाई डेमोक्रयाटसहरुले भने ठूलो उपलब्धि मानेका छन्।