टेक्ससमा मोटरसाइकल दुर्घटना, घाइते नेपाली विद्यार्थीको अवस्था ‘गम्भीर’
टेक्सस/ अमेरिकाको टेक्ससमा सडक दुर्घटनामा परेका एक नेपाली विद्यार्थीको अवस्था गम्भीर रहेको जनाइएको छ।
मार्च २२ तारिख टेक्ससको सनमार्कोस स्थित हाइवे १२३ को एक इन्टरसेक्सनमा मोटरसाइकल र गाडी ठोकिँदा गोर्खा घर भएका १९ वर्षीया एप्सन भट्ट घाइते भएका थिए।
स्थानीय व्यवसायी कैलाश हिराचनका अनुसार मार्च २२ तारिख राति नौ बजे घटना भएको हो। घाइते भट्टको अहिले सिटन कायल अस्पतालमा उपचार भइरहेको छ। उनी केही महिना अगाडी मात्र अमेरिका आएका हुन्।
हिराचनका अनुसार भट्ट टेक्सस स्टेट युनिभर्सिटीका विद्यार्थी हुन्।
‘म यहाँ रेस्टुरेन्ट व्यवसाय गर्दै आएको छु, धेरै विद्यार्थीहरू सँग सम्पर्क हुन्छ उनीहरूबाट नै घटनाबारे थाहा पाए, अहिले म अस्पतालमा नै छु, डाक्टरले अवस्था गम्भीर भनेका छन्।’ समाज टाइम्स सँग हिराचनले भने।
हिराचनका अनुसार भट्टका बुबा, आमा र भाइ नेपालमा छन्।