वसन्तपुरमा विचित्रको होली : ओली, बालेन र पूर्व राजाको चर्चा
काठमाडौँ । होली पर्वमा काठमाडौँको वसन्तपुर निकै उल्लासपूर्ण देखिएको छ । वसन्तपुरमा स्वदेशी तथा विदेशीहरू होलीलाई उत्साहपूर्वक मनाएका छन् ।
काठमाडौँ उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा (होली)पर्व रङ्ग खेलेर मनाइने भएकाले विशेष गरी वसन्तपुर क्षेत्रमा बढी भीड भाड देखिन्थ्यो ।
सेतो पहिरनमा सजिएका स्वदेशी तथा विदेशीहरूका कारण वसन्तपुर क्षेत्र खचाखच देखिन्थ्यो । रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गिएर होलीलाई उल्लासमय बनाइएको थियो ।
वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन्। विगतका वर्षहरू भन्दा यस वर्षको होली बढी सभ्य देखिएको छ ।
तर वसन्तपुर क्षेत्रमा होली खेल्न आएका युवाहरू उश्रृंखल नारा पनि लगाउन भ्याएका थिए । उनीहरुले केपी ओली विरुद्ध र बालेन शाहको पक्षमा नारा लगाएका थिए । कतिपयले भने ‘राजा आउँ, देश बचाउ’ भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहका पक्षमा नारा लगाएका थिए ।