गायिका संजिता बराल ले माया सार्न लागेकी हुन ?
न्यु योर्क । अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउँदै आइरहेका गायक प्रेम सेन्चुरी र गायिका संजिता बरालको स्वरमा रहेको “माया सारिदेऊ”को बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
विगत साढे एक दशक देखि न्युयोर्कलाई कर्मथलो बनाउँदै आइरहेका गायक प्रेम सेन्चुरीले प्रवासबाटै “माया सारिदेउ” बोलको भिडियो सार्वजनिक गरेका हुन् ।
राजु सिंहको संगित, डिपी खनालको शब्द र विमल बुढाथोकीको संगित एरेन्जमेन्टमा तयार भएको गीतको भिडियो अमेरिकाको न्यु योर्क स्थित रमणीय स्थलमा छायाङ्कन गरिएको हो ।
वरिष्ठ नृत्य निर्देशक गोविन्द राईको निर्देशन र कोरियोग्राफिमा बनेको भिडियोलाई निशान घिमिरेले छायाङ्कन र सम्पादन गरेका हुन् । भने बिक्की पुलामी र अस्मिता जुरेलीको अभिनय रहेको छ ।
भिडियोलाई गायक प्रेम सेन्चुरीको अफिसीयल युट्युब च्यानलबाट प्रसारण गरिएको हो ।