पिए गुठीमा मनाइयो सोनाम ल्होछार

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ पेन्सिल्भेनिया नेपाली गुठीको आयोजनामा अमेरिकाको पेन्सिल्भेनिया राज्यमा मञ्जुश्री संवत् २८६१ सोनाम ल्होछार पर्व मनाइएको छ।
गुठीको आफ्नै भवनमा आइतबार विविध कार्यक्रमका साथ सोनाम ल्होछार मनाइएको हो।
‘गुठीले पहिलो पटक सोनाम ल्होछार मनाएको हो, कार्यक्रममा राम्रो उपस्थिति रह्यो, सोचे भन्दा धेरै सहभागी भए, राम्रो भयो। ‘ गुठीका अध्यक्ष विमल मोक्तानले समाज टाइम्स सँग भने।
गुठीले उपाध्यक्ष दिपक सापकोटा संयोजक र रबिन पाख्रिन उप संयोजक रहने गरी पर्व आयोजक समिति गठन गरेको थियो।
गुठी अध्यक्ष विनोद मोक्तानको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन संयोजक सापकोटाले गरेका थिए। गुठीकी कार्यकारी निर्देशक रज्जु मल्ल ढकालले स्वागत मन्तव्य दिएकी थिइन् ।
यस्तै गुठीका सल्लाहकार तथा समाजसेवी विनोद मोक्तानले शुभ कामना मन्तव्य दिएका थिए। युथको तर्फबाट विभुषिका मोक्तानले शुभ कामना दिएकी थिइन्।
कार्यक्रममा नेपाली परम्परागत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। यसै गरी नेपाली परिकार खादै शुभ कामना साटासाट गरिएको थियो।
यसै बीच गुठीले अब वार्षिक रुपमा नै विभिन्न उत्सव र चाडपर्व मनाउने भएको छ। उपाध्यक्ष सापकोटाका अनुसार दशै तिहार, छठ पर्व, क्रिसमस र इस्वित संवतको नयाँ वर्ष , सोनाम ल्होसार, महाशिवरात्रि, बुद्ध जयन्ती र विक्रम सम्वत नयाँ वर्ष गुठीले विषेश कार्यक्रम आयोजना गर्ने छ।
यस्तै गुठीले वर्षमा एउटा वनभोज नियमित रुपमा आयोजना गर्ने निर्णय पनि गरेको छ।