आइसले पक्राउ गरेका केही आप्रवासीहरू पुन अमेरिकामा छाडिँदै

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ राष्ट्रपति ट्रम्पको दोश्रो कार्यकालको तेश्रो हप्ता सम्म आइ पुग्दा गैह्र कानुनी अमेरिकामा बसोबास गरेका आप्रवासीलाई पक्राउ गरी उनीहरूकै देश फर्काउने अभियान तीव्र पारेका छन् ।
कागजपत्र विहीन र गैह्र कानुनी आप्रवासीको देशान्तरण राष्ट्रपति ट्रम्पको प्रमुख चुनावी एजेन्डा पनि थियो । सोही अनुसार अहिले सम्म करिब दश हजारको हाराहारीमा कागजपत्र विहीन र गैह्र कानुनी आप्रवासीहरू पक्राउ गरिएको जनाइएको छ ।
एनवीसी न्युजको फेब्रुअरी ३ मा प्रकाशित एक समाचार अनुसार पक्राउ गरिएको कागजपत्र विहीन तर सामाजिक सुरक्षामा खतरा नदेखिएका एवम् आपराधिक पृष्ठभूमि नभएका, स्वास्थ्य समस्या भएका, तथा अमेरिकी नागरिक बालबच्चाका एकल हेरचाह गर्ने अभिभावकहरू लाई पक्राउ पछि पनि छाडिएको जनाएको छ ।
त्यसो त, कुनै देशले आफ्ना प्रवासी नागरिक फिर्ता नमानेको अवस्थामा पनि पक्राउ पछि ती देशका आप्रवासीहरूलाई छाडिएको छ । सोही समाचारमा आपराधिक गतिविधिमा संलग्न कागजपत्र विहीनलाई भने देशान्तरण या थुनामा राखिएको छ ।
आपराधिक गतिविधिमा दोषी ठहरिएका भने कसैलाई पनि नछाडिएको एनवीसी न्युज मा खबर छ ।