गायिका एलिना चौहानले गराइन सम्बन्ध विच्छेदको मुद्दा दर्ता
काठमाडौँ । गायिका एलिना चौहान वैवाहिक सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् ।
शुक्रबार जिल्ला अदालत काठमाडौँमा चौहानले पति विष्णु सापकोटाविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गराएकी हुन् ।
चौहानले वारेसमार्फत मुद्दा दायर गराएकी हुन् ।
पछिल्लो समय चौहानको वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले सामाजिक सञ्जाल तातिरहेको थियो ।
गत वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग धूमधामले विवाह गरेकी थिइन् । एलिनाका पति अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्।














