टर्कीएको होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

इस्तानबुल / टर्कीएको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको आगलागीबाट कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको आन्तरिक मन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
गभर्नर अब्दुलअजीज आयडिनले स्थानीय समय अनुसार बिहान ३ः३० बजे एउटा होटेलमा आगलागी भएको र दुई जनाको भवनबाट हाम फालेर मृत्यु भएको बताए ।
एनटिभी प्रसारकका अनुसार आगलागीको कारण खुल्न सकेको छैन ।
आगलागीको सूचना पाएपछि नगर केन्द्रले दमकल,खोज तथा उद्धार टोली र मेडिकल टोली पठाइएको थियो ।
विद्यालयहरूमा सेमेस्टर बिदा भएकाले यस क्षेत्रका होटलहरूमा विशेष भीड थियो ।
(रासस/सिन्ह्वा)