मेक्सिकोबाट अमेरिका ल्याउँदै गरिएको एक सय २८ पाउन्ड कोकिन टेक्ससमा बरामद

Getting your Trinity Audio player ready...
|
टेक्सस/अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) अधिकारीहरूले अमेरिकाको टेक्सस राज्यको फार इन्टरनेशनल ब्रिजमा ७४ पाउन्ड कोकिन जफत गरेको जाएको छ।
जनवरी १४ तारिख मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने ट्र्याक्टरमा निरीक्षण गर्दा सो परिणामको लागु औषध कोकिन बरामद भएको हो।
अधिकारीका अनुसार कोकिन ३० वटा प्याक बनाएर अमेरिकी ल्याउँदै गरिएको थियो।
सीबीपीले बिहीबार जारी गरेको विज्ञप्तिमा जफत भएको कोकिनको बजार मूल्य ९ लाख ८७ हजार ८ सय ७२ डलर भएको उल्लेख गरेको छ।
“हाम्रा सीबीपी अधिकारीहरूले दृढ सतर्कता अपनाइरहेका छन् र उनीहरूको तालिम, अनुभव र उच्च-प्रविधि उपकरणहरू र स्रोतहरूको प्रयोगले यो परिणामको कोकिनको पत्ता लगाउन मद्दत गरेको छ,” पोर्ट निर्देशक कार्लोस रोड्रिगेजले भनेका छन्।
यसै गरी सीबीपी अधिकारीहरूले लारेडो पोर्ट अफ एन्ट्रीमा ५४ पाउन्ड कोकिन बरामद भएको विज्ञप्तिमा उल्लेख छ।
अधिकारीहरूले जनवरी १५ बुधवार जुआरेज-लिंकन ब्रिजमा सो कोकिन जफत गरेको जनाएका छन्। सीबीपी अधिकारीले ५४ वर्षीय अमेरिकी नागरिकबाट सो परिणामको कोकिन जफत गरेका हुन्। जसको मूल्य सात लाख २१ हजार एक सय ८२ अमेरिकी डलर रहेको जनाइएको छ।
लागूपदार्थ र गाडी जफत गरेको र चालकलाई पक्राउ गरी, होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन ( एचइसआइI) का विशेष अधिकारीहरूलाई जिम्मा लगाइको जनाइएको छ।