दोस्रो इनर स्कुल ग्लोबल तेक्वान्दो च्याम्पियनसिप जनवरी १८ तारिख

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ दोस्रो इन्टर स्कुल ग्लोबल तेक्वान्दो च्याम्पियनसिप जनवरी १८ तारिख शनिवार हुने भएको छ।
च्याम्पियनसिप आयोजक संस्था ग्लोबल तेक्वान्दो एकेडेमीले मंगलवार पत्रकार सम्मेलन मार्फत च्याम्पियनसिपको बारेमा जानकारी गराएको हो।
‘ग्लोबल एकेडेमी दोस्रो इनर स्कुल च्याम्पियनसिपको घोषणा गर्दछौँ जुन जनवरी १८, २०२५ मा (2025 at 5610 Derry St, Harrisburg, PA 17111) डेरी स्ट्रिट ह्यारिसबर्ष पेन्सिल्भेनियामा हुने छ।’ पत्रकार सम्मेलनमा एकेडेमीका संचालक तथा प्रमुख प्रशिक्षक प्रकाश ढुङ्गानाले भने।
ढुङ्गानाका अनुसार पेन्सिल्भेनिया र ओहायोका सात स्कुलका एक सय भन्दा बढी खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन्।
‘हाम्रो मिशन तेक्वान्दोको कलाको शिक्षा र प्रवर्द्धन मार्फत व्यक्तिहरूलाई प्रेरित र सशक्त बनाउने हो।’ पत्रकार सम्मेलनमा ढुङ्गानाले भने ‘हाम्रो पहिलो इनर स्कुल च्याम्पियनसिपको अविश्वसनीय सफलतामा पछि, हामी अर्को उल्लेखनीय कार्यक्रमको आयोजना गरेर यो परम्परालाई निरन्तरता दिन पाउँदा हर्षित छौँ।’
प्रशिक्षक ढुङ्गानाले च्याम्पियनसिपलाई उपल्लो स्तरमा लैजान उत्साहित भएको बताए।
भर्जिनियामा रहेका ग्रान्डमास्टर एचके लीलेको नेतृत्वमा हुने च्याम्पियनसिपमा रेफ्री टोलीको नेतृत्व बाल्टिमोर, मेरिल्यान्डका मास्टर कुमार कार्कीले सम्हाल्ने जनाइएको छ ।
‘हाम्रो च्याम्पियनसिपको उद्देश्य सहभागीहरूलाई उनीहरूको सीपहरू प्रदर्शन गर्न, व्यक्तिगत विकासलाई प्रोत्साहित गर्न र समुदायको भावनालाई बलियो बनाउनको लागि प्लेटफर्म प्रदान गर्नु हो।’ पत्रकार सम्मेलनमा प्रशिक्षक ढुङ्गानाले भने।
उनले च्याम्पियनसिपका लागि अहिले सम्म कुनै प्रायोजक नरहेको तर त्यसका लागि सदैव ढोका खुल्ला रहने बताए।
प्रशिक्षक ढुङ्गानाले च्याम्पियनसिप नाफा कमाउनका लागि भन्दा पनि स्वस्थ प्रतिस्पर्धाको लागि आयोजना गर्न लागिएको बताए।
‘अनुशासन, सम्मान र लगनशीलतामा ध्यान केन्द्रित गर्दै, हाम्रो कार्यक्रमले तेक्वान्दोको शारीरिक र मानसिक दुवै पक्षहरूको विकास गर्ने खेलको मिशनलाई बलियो बनाउँदै स्वस्थ प्रतिस्पर्धालाई बढावा दिने लक्ष्य राखेको छ।’ प्रशिक्षक ढुङ्गानाले भने।
ग्लोबल तेक्वान्दो एकेडेमी, सन् २०२१ मा स्थापना भएको हो । यो एकेडेमी ह्यारिसबर्गको डेरी स्ट्रिटमा ( 6700 Derry St, Harrisburg, PA 17111) अवस्थित छ।
