सेना परिचालन गर्न राष्ट्रपति पौडेलले दिए स्वीकृति

Getting your Trinity Audio player ready...
|
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन्।
मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति पौडेलले स्थानीय तह उपनिर्वाचनमा सेना परिचालन गर्न आइतबार स्वीकृति दिएका हुन्।
मन्त्रिपरिषदको मंसिर ६ गतेको निर्णयबमोजिम नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्थानीय उपनिर्वाचनमा राष्ट्रपतिबाट सेना परिचालनका लागि स्वीकृति प्रदान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
उप निर्वाचन देशका विभिन्न ४२ स्थानमा हुँदै छ। उप निर्वाचनमा यस अघि पनि सेना परिचालन गर्ने गरिएको थियो ।