युक्रेनमा अमेरिका, इटाली र ग्रीसका दूतावास बन्द
पेन्सिल्भेनिया । रुसले युक्रेनको राजधानी किभमा सम्भावित ठूलो आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिका र केही अन्य पश्चिमी देशका राज दूतावासहरूले बुधबार आफ्नो कार्यालयहरू बन्द गरेका छन् ।
अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय सुरक्षाको कारण देखाउँदै दूतावास बन्द गरिएको जनाएको छ ।
इटाली र ग्रीसले पनि आफ्ना दूतावासहरूलाई अस्थायी रूपमा बन्द गरेको बताउँदा बेलायतको दूतावास भने खुलै छ ।
अमेरिकी हतियार प्रयोग गरेर रुसमाथि युक्रेनले हमला गरे पछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको सुरक्षा गर्न रुस तयार रहेको र त्यसका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताउँदै आएका छन् ।
उनले रुस पनि मिसाइल आक्रमणका लागि तयारी अवस्थामा रहेको चेतवानी दिएपछि रुस युक्रेन युद्ध कुन रुपमा अघि बढ्छ त्यसप्रति अन्तर्राष्ट्रिय चासो भने बढेको छ । रुस युक्रेन युद्ध सुरु भएको १ हजार दिन पुरा भइसकेको छ ।
अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनले युक्रेनलाई आणविक हतियार प्रयोग गर्न अनुमति दिएपछि युद्ध फेरि जटिल मोडमा पुगेको विश्लेषण गरिएको छ ।