सगरमाथा आरोही पेम्बा रिता शेर्पालाई एनआरएनएले गर्यो सम्मान
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । गैर आवासीय नेपाली संघ डा. बद्री केसी समूहले सगरमाथा आरोही पेम्बा रिता शेर्पालाई सम्मान गरेको छ ।
एनआरएनएको सचिवायलमा सोमबार आयोजित एक कार्यक्रमकाबीच शेर्पालाई सम्मान गरिएको हो ।
गैरआवासीय संघले यसरी पहिलो पटक सम्मान गर्दा आफू निकै खुसी भएको शेर्पाले बताए । उनले हाम्रो नेपाललाई विश्वका सामू यसरी नै चिनाउन पाउनु गर्वको विषय भएको पनि बताएका थिए ।
उनले भने, ‘विभिन्न आरोहीहरुले यसरी नै ठूलाठूला हिमाल आरोह गरेर नेपाललाई विश्वसामु चिनाएको छ । गैरआवासीय संघले यसरी पहिलो पटक सम्मान गर्दा म निकै खूसी छु । हाम्रो नेपाली आम नागरीक बाहिर जानु भएकाहरुलाई फेरी पनि हाम्रो नेपालको बारेमा चिनाउन पाउँ । विश्वसामु हाम्रो नेपाल पहिलेको भन्दा धेरै नै विकसित भएको छ भन्न चाहन्छु ।’

यसैगरी गैरआवासीय संघ एनआरएनका समूह अध्यक्ष बद्री केसीले ८० लाख नेपालीलाई प्रतिनिधित्व गर्ने यो संस्थाको झण्डालाई सगरमाथाको शिखरमा पुर्याएर पेम्बा रिता शेर्पाले हामी सबैको शिरलाई सगरमाथामा पुर्याएकोमा धन्यवाद व्यक्त गरे ।
उनले १४ पटक सगरमाथा चढेर गैरआवासीय संघको झण्डा फरफराएर सम्पूर्ण गैरआवासीयहरुको शिरलाई ठाडो पारेको बताएका हुन् ।








