पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउन इन्टरपोल गुहार्दै
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउन अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोग लिने भएको छ। मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारको निर्णय अनुसार, हसिनासहित सम्पर्कविहीन भएका अन्य नेताहरूलाई खोज्न पनि इन्टरपोलसँग सहकार्य गरिने बताइएको छ।
बङ्गलादेश सरकारले इन्टरपोललाई हसिनाको विरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गर्न आग्रह गरेको छ, जसका कारण इन्टरपोलले हसिनालाई खोज्न अन्तर्राष्ट्रिय स्तरमा थप सहयोग गर्न सक्नेछ।
यसअघि बङ्गलादेशमा हसिनाविरुद्ध विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएको थियो। आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा ७०० भन्दा बढी नागरिकले ज्यान गुमाएको बताइएको छ। विरोध तीव्र भएपछि शेख हसिना देश छाड्न बाध्य भएकी थिइन्। बङ्गलादेशमा शान्ति र स्थायित्व ल्याउने उद्देश्यले गठन गरिएको अन्तरिम सरकारले हसिनालाई मानवअधिकार उल्लङ्घन र मानवताविरुद्ध अपराधको अभियोग पनि लगाएको छ।
हसिनामाथि गत जुलाई र अगस्ट महिनामा भएको विद्यार्थी आन्दोलनलाई दबाउन सुरक्षा बललाई बल प्रयोग गर्न निर्देशन दिएको आरोप लगाइएको छ। आन्दोलनको क्रममा विद्यार्थीहरूले सरकारविरुद्ध विरोध गरेका थिए र बङ्गलादेशका विश्वविद्यालयहरूमा व्यापक विरोध प्रदर्शन भएका थिए। सुरक्षा बलले उक्त आन्दोलनलाई नियन्त्रण गर्न अत्यधिक बल प्रयोग गरेको र त्यसको परिणामस्वरूप सयौंको ज्यान गएको भनिएको छ।
अहिले बङ्गलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार कार्यरत छ, जसले स्थायित्व र शान्ति कायम गर्न पुरानो शासकवर्गलाई कानूनी कठघरामा ल्याउने प्रयास गरिरहेको छ। हसिनालाई मानवअधिकार हननको अभियोगमा पुन: बङ्गलादेश फर्काएर न्यायिक प्रक्रियामा ल्याउने उद्देश्यले बङ्गलादेशले इन्टरपोलसँगको सहकार्यलाई प्राथमिकता दिएको देखिन्छ।
सीनेटमा रिपब्लिकन नेताको चयनमा ट्रम्पको दबाब !
November 10, 2024 @ 11:10 pm
[…] इन्टरपोल गुहार्दै बंगलादेश […]