स्यान डिएगो सेक्टरलाई लागू पदार्थ नियन्त्रण अपरेसनमा सफलता
स्यान डिएगो, क्यालिफोर्निया । अमेरिकी सीमा सुरक्षा गस्ती (युएस बोडर पेट्रोल) को स्यान डिएगो सेक्टरले गत हप्ता स्यान डिएगो क्षेत्रमा विभिन्न स्थानहरूमा तीन ठूला लागू पदार्थ नियन्त्रण अपरेसन सफलतापूर्वक सम्पन्न गरेको छ।
पहिलो घटना अक्टोबर २२ मा साँझ ७:१५ बजे भएको थियो, जब बोडर पेट्रोलका अधिकारीहरूले सान क्लेमेन्टे नजिकको इन्टरस्टेट ५ मा गरिएको अध्यागमन जाँचका क्रममा एक सवारी साधन जाँच गरे। कुकुर टोलीले जाँच गर्दा सवारीको ट्रंकमा लुकाइएका ५० प्याकेट लागू पदार्थ फेला पारे। यी प्याकेटहरूमा करिब १४४ पाउण्ड कोकेन रहेको पुष्टि भएपछि चालक र सवारीलाई स्यान डिएगो काउन्टी शेरिफको कार्यालयमा कानूनी प्रक्रिया अघि बढाइएको थियो।
दोस्रो घटना अक्टोबर २३ मा दिउँसो १ बजे इन्टरस्टेट १५ नजिक टेमेकुला पार्कवेमा भएको थियो। कुकुर टोलीले अर्को सवारीमा संकास्पद गतिविधि पहिचान गरेपछि ट्रंकको स्पीकरबक्समा लुकाइएको २२.५ पाउण्ड फेन्टानाइल फेला पारिएको थियो। त्यसपछि ड्राइभरलाई थप अनुसन्धान र कारबाहीका लागि रिभरसाइड काउन्टी शेरिफ कार्यालयमा पठाइएको थियो।
तेस्रो घटना अक्टोबर २५ मा दिउँसो १:३० बजे इन्टरस्टेट ५ मा अध्यागमन जाँचका क्रममा भएको थियो। कुकुर टोलीले सवारीको ट्रंकमा रहेको ठूलो झोलाभित्र ३० प्याकेट कोकेन भेटेको थियो, जसको कुल तौल ७३.८ पाउण्ड थियो। ड्राइभर र सवारीलाई थप कानूनी कारबाहीका लागि स्यान डिएगो काउन्टी शेरिफको कार्यालयमा पठाइएको थियो।
स्यान डिएगो सेक्टर प्रमुख पेट्रोल एजेन्ट पेट्रिसिया म्याकगर्क–ड्यानियलले भनिन्, “हाम्रा गस्ती टोलीको उच्च सतर्कताका कारण खतरनाक लागू पदार्थहरू नियन्त्रणमा लिन सफल भयौं। हामी हाम्रो राष्ट्रको सुरक्षामा प्रतिबद्ध छौं र यसप्रकारको गैरकानूनी गतिविधिमा रोक लगाउन तयार छौं।”
वित्तीय वर्ष २०२४ मा स्यान डिएगो सेक्टरमा बोडर पेट्रोल टोलीहरूले २,८६२ पाउण्ड कोकेन, ४,२७६ पाउण्ड मेथाम्फेटामिन, ६७ पाउण्ड हेरोइन, र ७८२ पाउण्ड फेन्टानाइल नियन्त्रणमा लिइसकेका छन्।














