पेन्सिल्भेनियाको ल्यानक्यास्टर खेलियो देउसी भैलो
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर,पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा रहेका नेपाली भाषीले सामूहिक रूपमा देउसी भैलो खेलेका छन्।
नेपाली एसोसिएसन पेन्सिल्भेनियाद्वारा आइतबार साँझ आयोजित दशैं तिहार शुभ कामना कार्यक्रममा सामूहिक देउसी भैलो खेलिएको हो।
महिला, पुरुष, बालबालिकाहरू छुट्टा छुट्टै समूह बनाएर देउसी भैलो खेलेका थिए।
ताज रेस्टुरेन्टको नवनिर्मित हलमा आयोजित कार्यक्रममा बालबालिकाहरूले एकल तथा सामूहिक नृत्य समेत प्रस्तुत गरेका थिए।
देउसी भैलो भिडियोमा…
कार्यक्रममा सहभागीलाई संस्थाकी अध्यक्ष अर्चना शर्माले स्वागत तथा धन्यवाद दिएकी थिइन्। अध्यक्ष शर्माका अनुसार देउसी भैलोबाट १४ सय ४५ अमेरिकी डलर दान सङ्कलन भएको छ।
यसै बिच एसोसिएसनले अप्रिलमा ल्यानक्यास्टर सिटीमा नेपाल डे मनाउने घोषणा समेत गरेको छ।
नेपाली एसोसिएसन पेन्सिल्भेनियाको पदाधिकारी तथा सदस्यहरूमा महिलाहरू मात्र छन्। महिना नेतृत्व पछि संस्था चलायमान बनेको छ।
संस्थाले मुख्यतया नयाँ वर्षको उपलक्षमा वनभोज, तीज उत्सव र दशै तिहारमा शुभ कामना कार्यक्रम गर्दै आएको छ।
कार्यक्रमका थप तस्बिरहरु
















