रबि लामिछानेलाई पक्राउ गर्न प्रहरी रास्वपाको कार्यालयमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो।
प्रहरी टोली पक्राउ पुर्जी लिएर रास्वपा पार्टीको केन्द्रीय कार्यालय पुगेको जानकारी कार्यवाहक प्रवक्ता मनिष झाले दिएका छन्। उनले भने, “हामी कानुनी राज्यको सम्मान गर्छौं र सहजरूपमा गिरफ्तारी दिन्छौं, प्रतिकार गर्दैनौं।”
लामिछानेलाई गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोप लागेको छ।
जसको अनुसन्धान जिल्ला प्रहरी कार्यालय कास्कीले गरिरहेको छ।














