गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

काठमाडौं । गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेको एक मस्जिद परिसरमा इजरायली आक्रमण हुँदा २१ जनाको मृत्यु भएको पुष्टि गरेको छ। यो मस्जिदलाई पछिल्लो समय विस्थापितहरूलाई आश्रय दिने स्थानको रूपमा प्रयोग गरिएको थियो।
“गाजाको मध्य क्षेत्र देइर अल–बालाहस्थित अल अक्सा शहीद अस्पतालको गेट अगाडि इजरायलले गरेको बमबारीका कारण २१ जनाको मृत्यु भएको छ र धेरै मानिसहरू घाइते भएका छन्,” एजेन्सीका प्रवक्ता महमुद बसालले बताए।
इजरायली सेनाले आक्रमणको जिम्मेवारी लिँदै एक विज्ञप्तिमा भनेको छ, “मस्जिदमा रहेको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरभित्र सक्रिय हमासका आतङ्ककारीहरूलाई लक्षित गरेर आक्रमण गरिएको हो।”