अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा आवेदनमा कमी
काठमाडौं। अष्ट्रेलियामा अध्ययनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनमा कमी आएको छ, जसको प्रमुख कारण सरकारको कडाइ र भिसा शुल्कको वृद्धि हो। शिक्षा विभागका तथ्यांकअनुसार, अगस्ट २०२३ मा विदेशबाट १५,२७० विद्यार्थीले भिसा आवेदन दिएका थिए, जुन सन् २०२२ को अगस्टमा दर्ता भएको ३०,७०३ आवेदनको आधा हो।
जुलाई २०२३ मा, १८,६९७ विद्यार्थीहरूले भिसा आवेदन दिएका थिए, जबकि सोही समयमा ३६,२०७ आवेदन दर्ता भएका थिए। अष्ट्रेलियाले भिसा आवेदन शुल्क ७१० अष्ट्रेलियाली डलरबाट बढाएर १,६०० अष्ट्रेलियाली डलर बनाएको छ।
सरकारले उच्च आप्रवासी प्रवेश घटाउने रणनीति अनुसार २०२५ सम्म नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना २,७०,००० मा सीमित गर्ने निर्णय गरेको छ। यसका कारण, भारत, फिलिपिन्स, र पाकिस्तानबाट भिसा आवेदनको संख्या उल्लेखनीय रूपमा घटेको छ।
अष्ट्रेलियाका विश्वविद्यालयहरूको सर्वोच्च निकायले सरकारको प्रस्तावित विद्यार्थी सीमाले अर्थतन्त्रमा ठूलो घाटा र हजारौं रोजगारी गुमाउने चेतावनी दिएको छ। चिनियाँ विद्यार्थीहरूको भिसा आवेदन भने अन्य देशहरूको तुलनामा केही हदसम्म स्थिर रहेको छ।