ह्यारिसबर्गमा आयो बाङ्गे, आमाको घरमा मम, सेकुवा र थकाली थाली

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकामा नेपाली भाषी समुदायको बाक्लो बस्ती रहेको पेन्सिल्भेनियाको ह्यारिसबर्गमा नयाँ रेस्टुरेन्ट ‘बाङ्गे मम एन्ड सेकुवा ’ खुलेको छ।
आमाको घरले ह्यारिसबर्गको एलनटाउन ब्वुवर्ड (7839 Allentown Blvd suite 400, West Hanover Township, PA 17112) ‘बाङ्गे’ सुरु गरेको हो । यसका संचालक जीवन दाहाल हुन्।
‘लाइभ किचन’ (ग्राहकलाई देखाउँदै खाना पकाउने) अवधारणामा सुरु भएको बाङ्गेको आकर्षण काठमाडौँको स्वादको मम, सेकुवा र थकाली थाली रहेको जनाइएको छ।

‘थकाली थाली र कोइलामा पोलेको सेकुवा त सम्भवतः ह्यारिसबर्गमा पहिलो हो, मम पनि हामीले ‘फ्रेन्च आई’ को परिकल्पनामा ल्याएका छौ।’ बाङ्गेका संचालक जीवन दाहालले समाज टाइम्स सँग भने।
नेपालमा ताप्लेजुङका दाहाल झन्डै बिस वर्ष यो क्षेत्रका अनुभवी हुन्।
सन् २००३ देखि नै काठमाडौँमा रेस्टुरेन्ट क्षेत्रमा प्रवेश गरेका दाहालले पछिल्लो दश वर्ष अमेरिकाकै लस भेगसमा यो व्यवसाय सञ्चालन गरेका थिए। उनले भारतीय रेस्टुरेन्ट पनि सञ्चालन गरे।

दाहाल पछिल्लो एक वर्ष देखि आमाको घर मार्फत फ्रोजन मम, स्वीट्स समोसा र सेकुवा अमेरिका भरी नै डेलिभरी गर्ने गर्दै आएको बताउँछन्।
‘यो दुई दशकको अनुभवमा प्रायशः ग्राहकले खाना ताजा हो? भन्ने गरेको पाए, उनीहरूमा किचनमा कसरी खाना बन्छ भन्ने चिन्ता पनि हुने रहेछ, त्यो स्वाभाविक पनि हो, किनकि अधिकांश किचनमा ग्राहकलाई जानै दिइँदैन, त्यही भएर हामीले लाइभ किचनको अवधारणा ल्यायौ।’ दाहालले भने।

उनले अमेरिकाभर फ्रेन्च आइज मम लैजाने योजना पनि बनाएका छन् ।
‘हाम्रो योजना मममा फ्रेन्च आइज नै हो, कोही नयाँ स्टोर खोल्न चाहनुहुन्छ भने हामी सहयोग गर्छौ। दालले भने, ‘एक दुई महिना ट्रेनिङ नै दिन्छौ र स्टोर चलाउन सक्ने बनाउँछौ।’
उनले रेस्टुरेन्ट खोल्न पहिला जस्तो कुकिङ्ग स्किल नै हुनुपर्ने भन्ने अब नरहेको दाबी गरे। ‘अब त्यस्तो रहेन, सामान्य मान्छेलाई पनि हामी कम लगानीमा कसरी यो व्यवसाय गर्न सकिन्छ, कसरी पैसा कमाउन सकिन्छ भन्ने सिकाउँछौ।’ दाहालले भने ।
उनले त्यो कुरा प्रमाणित गर्न पनि बाङ्गे मम एन्ड सेकुवा र थकाली किचन ल्याएको जानकारी दिए।
‘यो एउटा रेस्टुरेन्ट थपियो मात्र भन्ने बुझ्नु भयो भने त्यो गलत हुन्छ।’ दाहालले भने, हामी कसरी खाना पाक्छ ग्राहकलाई देखाउँछौ, गुणस्तरमा सम्झौता गर्दैनौ र सस्तोमा खुवाउँछौ।’
दाहालले दाबी गरे ‘हाम्रोमा खाना फ्रेस हुन्छ।’
दाहालका अनुसार आमा घरको बाङ्गे मम एन्ड सेकुवामा थकाली खाना सेट, मम, चाउमिन, थुक्पा,समोसा, कोइलामा पोलेको सेकुवा, गुन्द्रुकको अचार, सेल रोटी, नेवारी सेट,सुकुटी, सुकुटीको अचार उपलब्ध छ।
यसै गरी जुम्लाको मार्सी चामलको भात अर्को आकर्षण हो । ‘मटन सुप, ढिँडो, सिस्नोको सुप, मोही पनि उपलब्ध छ, हामीले दश प्रकारका अचार पनि ग्राहकलाई दिन्छौ।’ दाहालले भने।
दाहालले दशैंमा सेकुवाको विषेश अफर चलाइएको पनि बताए।
‘हामी पहिला ग्राहक सँग पहिला उनीहरूको स्वादका बारेमा कुरा गर्छौ, त्यस पछि मात्र पकाउँछौ, हाम्रो मुख्य उद्देश्य ग्राहकलाई खुसी बनाउनु हो।’ दाहालले भने, ‘हाम्रो स्वाद सम्झेर ग्राहक फेरि आउन भन्नेमा जोड रहन्छ।’
उनले आमा घरले क्याट्रिङ्ग र जन्मदिन वा अन्य घरायसी जमघटमा हुने पार्टीहरूका लागि होम डोलिभरी सेवा पनि दिइने बताए।
आमा घरले दैनिक एक लाख प्लेट मम उत्पादन गर्ने मसिनको पनि व्यवस्था गरेको दाहालले जानकारी दिए।
‘हाम्रो स्लोगन नै “अव घर घरमा मम पार्टी ।” हो, हाम्रो चाहाना नै सबै बाई सस्तोमा स्वस्थ र गुणस्तरीय मम खुवाउनु हो।’ दाहालले भने।