हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया। अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ, जसमा नर्थ क्यारोलिनामा सबैभन्दा ठूलो क्षति पुगेको छ।
दक्षिणपश्चिमी क्षेत्रमा आँधीले ठूलो भौतिक क्षति पुर्याएको छ, र उद्धारकर्ताहरूले बचेकाहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।
नर्थ क्यारोलिनामा मात्रै आँधीले आधाभन्दा बढी मानिसको ज्यान लिएको छ, जसका कारण ‘हेलेन’ आँधीलाई सन् २००५ मा आएको क्याट्रिना आँधीपछिको सबैभन्दा घातक आँधी मानिएको छ।
क्याट्रिना आँधीले त्यतिबेला १,८०० भन्दा बढीको ज्यान लिएको थियो।
एक साता बितिसक्दा पनि सयौं मानिस अझै हराइरहेका छन्, र करिब आठ लाख घरमा विद्युत् सेवा अवरुद्ध छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधी प्रभावित क्षेत्रको हवाई निरीक्षण गर्दै जर्जियाको रे सिटीमा प्रभावितहरूलाई आश्वासन दिँदै भने, “म तपाईंलाई देख्छु, म तपाईंको कुरा सुन्दैछु, र म तपाईंको साथमा छु।”















