मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ गरेको छ।
साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको हो।
उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत जाहेरी दर्ता भएको थियो।
जसका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उनलाई पक्राउ गरिएको हो।
प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो ।
घरको गेट नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।














