पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन अमेरिका समिति गठन
न्यु योर्क । पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन समितिको अन्तर्राष्ट्रिय संयोजक नेत्र बन्धु पोख्रेलको सक्रियतामा अमेरिकामा २७ सदस्यीय पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन अमेरिका समिति गठन गरिएको छ। आचार्य पीपलमणि सिग्देलको संयोजकत्वमा गठन भएको यो समिति पाणिनि तपोभूमिको संरक्षण र संस्कृत व्याकरणको प्रचारमा केन्द्रित रहनेछ।
समितिको गठनको प्रक्रिया अन्तर्राष्ट्रिय स्तरमा समितिको गठन गर्ने वैधानिक व्यवस्था र निर्णयमा आधारित रहेको छ। अमेरिकाका विभिन्न मितिमा आयोजना गरिएका जुम भेला बैठकका निष्कर्षका आधारमा यो समिति गठन गरिएको हो।
बैठकमा सहभागीहरूले संस्कृत व्याकरणको प्रचारमा जोड दिनुका साथै पाडिनि व्याकरण र तपो भूमिको संरक्षणमा लाग्नुपर्ने आवश्यकताबारे विचार व्यक्त गरेका थिए।
समिति यस प्रकार छ:
संयोजक: आचार्य पीपलमणि सिग्देल – न्यूयोर्क
सचिव: डा. लेखनाथ अधिकारी – भर्जिनिया
सदस्यहरू:
डा. केशव भट्टराई- मिजौरी
डा. केशर मणि घिमिरे – ओहायो
आचार्य चूडामणि पाठक- क्यालिफोर्निया
मोहन ज्ञवाली – डालस, टेक्सास
राम सी पोख्रेल – डालस, टेक्सास
विष्णु पाण्डे – अस्टिन, टेक्सास
आचार्य मेघराज निरौला – डालस, टेक्सास
आचार्य अनन्त शर्मा कँडेल – क्यालिफोर्निया
नारायण खकुरेल – अस्टिन, टेक्सास
राजेन्द्र खनाल – भर्जिनिया
विष्णु शर्मा आचार्य – क्यालिफोर्निया
आचार्य देवराज तिवारी – वासिंगटन (सीयाटल)
आचार्य तुल्सिराम कँडेल – डालस, टेक्सास
आचार्य गोकुल कँडेल – बोस्टन
वासुदेव अधिकारी – विस्कनसिन
दिपु भुसाल – डालस, टेक्सास
अमृत भण्डारी – भर्जिनिया
ऋषि अधिकारी – नर्थ क्यारोलिना
श्रीमती रितादेवी प्रधान – क्यालिफोर्निया
श्रीमती विष्णु न्यौपाने खनाल – सिकागो
श्रीमती कमला भुसाल – मेरिल्यान्ड
हरि पोख्रेल – नर्थ क्यारोलिना
चेतनारायण पाण्डे – न्यूयोर्क
हरि घिमिरे – ह्युस्टन, टेक्सास
मनिष अधिकारी – भर्जिनिया
पाडिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन समितिको यो नयाँ गठनले पाणिनी व्याकरणको प्रचार र तपोभूमिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। अमेरिकामा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै संस्कृत र तपो भूमिको संरक्षणका लागि नयाँ योजनाहरू ल्याउने तयारी गरिएको छ।















