पेन्सिल्भेनियामा सम्पन्न इमानुएल इन्टर चर्च फुटबलको उपाधि आयोजक टिमलाई

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ इमानुएल इन्टर चर्च फुटबल प्रतियोगिताको उपाधि इमानुएल नेपाली चर्चले जितेको छ।
पेन्सिल्भेनियाको ह्यारिसबर्गमा शनिवार भएको फाइनलमा ख्रीष्ट सेन्टर चर्चलाई तीन शून्य गोल अन्तरले हराउँदै आयोजक इमानुएलले उपाधि जितेको हो।
इमानुएलको जितमा रमेश खतिवडा, सोनाम तामाङ र सौगात राईले एक एक गोल गरेका थिए।
दुई दिने प्रतियोगितामा नौ टिमले भाग लिएका थिए। सहभागी टिमलाई तीन समूहमा बाढी लिग कम नकआउटको आधारमा खेलाइएको थियो।
समूह चरणबाट चार टिम सेमिफाइनलमा पुगेका थिए। शनिवार नै भएको सेमिफाइनलमा इमानुएलले ह्यारिसबर्ग फस्ट नेपाली चर्चलाई हराउँदै उपाधि नजिक पुगेको थियो। यस्तै अर्को सेमिफाइनलमा ख्रीष्ट सेन्टर चर्चले रेहव चर्चलाई हराएको थियो।
प्रतियोगिताको विजेता खेलाडीलाई भुटनीज कम्युनिटी ह्यारिसबर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौला लगायतले पुरस्कार वितरण गरेका थिए।
कभर फोटो सौजन्य: शबिर मोङ्गर