अनेसास कविता महोत्सव हुँदै

पेन्सिल्भेनिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ‘अनेसास कविता महोत्सव २०२४’ का लागि कविता आव्हान गरेको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर गरिने कविता महोत्सवका लागि अनेसासले कविता आव्हान गरेको हो ।
अनेसासले जारी गरेको सूचनाअनुसार महोत्सवमा प्रथम हुने कविताका सर्जकले ५ सय अमेरिकी डलरका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय हुने कविले ३ सय अमेरिकी डलरका साथमा प्रमाणपत्र पाउने छन् । त्यस्तै, तृतीय पुरस्कारस्वरूप ३ जना कविले प्रतिव्यक्ति २ सय डलरका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कविता पठाउने अन्तिम मिति सेम्टेम्बर २५, २०२४ (असोज ९, २०८०) सम्म रहेको छ । महोत्सवमा सहभागिता जनाउन इच्छुक कविता मेलमार्फत् inlsgs2024@gmail.com मा आफ्नो कविता पठाउनु पर्नेछ ।
अनेसासको यो कविता महोत्सव नेपाली साहित्यको समृद्धिमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको हो । महोत्सवमा सहभागिता जनाउनका लागि केही नियम पनि बनाइएको छ ।
दोस्रो पुस्तालाई नेपाल जोड्ने चुनौती र अन्तर्राष्ट्रिय अभ्यास बारे वेबिनार हुँदै
नियमहरू:
कविता: कविता नितान्त मौलिक हुनु आवश्यक छ र यसको लम्बाइ अधिकतम २०० शब्दसम्मको हुनु पर्नेछ ।
रचना संख्या: प्रत्येक लेखकले केवल एकमात्र कविता प्रस्तुत गर्न सक्नेछन्। समयसीमा नाघेका कविताहरूलाई समावेश गरिने छैन। निर्णायकको निर्णय अन्तिम हुनेछ।
सप्लिमेन्टरी जानकारी: कवितासँग कविको संक्षिप्त परिचय, पासपोर्ट साइजको फोटो, र सम्पर्क नम्बर अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।
वाचनको चयन: प्राप्त कविताहरूबाट वाचनका लागि कविहरूको चयन गरिनेछ।
समारोह: राष्ट्रकविको जन्मजयन्तीको अवसरमा जुमको माध्यमबाट एक बृहत् समारोह आयोजना गरिने छ।