दोस्रो पुस्तालाई नेपाल जोड्ने चुनौती र अन्तर्राष्ट्रिय अभ्यास बारे वेबिनार हुँदै

ल्यानक्यास्टर , पेन्सिल्भेनिया/ दोस्रो पुस्ताका नेपाली डायस्पोरालाई नेपाल सँग जोड्ने चुनौती र अन्तर्राष्ट्रिय अभ्यास बारेमा वेबिनार हुने भएको छ।
युएस नेपाल पोलिसी रिसर्च सेन्टरले वेबिनार गर्न लागेको हो। सेन्टरकी अध्यक्ष जगदम्बा अधिकारीका अनुसार कार्यक्रम सेप्टेम्बर १४ तारिख हुने छ। अमेरिकामा पूर्वी मानक समय (न्यु योर्क) बिहान नौ बजे बाट कार्यक्रम शुरु हुने छ।
नेपाल समय अनुसार भदौ २९ तारिख शनिवार साँझ ६:४५ बजे कार्यक्रममा शुरु हुने छ। केन्द्रका कार्यकारी सदस्य डा भोजराज बलायरले विश्व भरी जहाँ कहिबाट पनि कार्यक्रममा उपस्थित हुन सकिने बताए।
जुमको माध्यमबाट हुने कार्यक्रममा कार्यकारी सदस्य डा. तीर्थराज जोशीले मध्यस्थता गर्ने छन्। कार्यक्रममा कार्यकारी सदस्य डा. कुल काप्रीद्वारा परिचयात्मक कार्यक्रम हुने छ।
वक्ताहरूमा डा शोभा गुरुङ साउथ उटाह विश्वविद्यालय, डा. स्थानेश्वर तिमिल्सिना स्टोनी ब्रुक विश्वविद्यालय रहेका छन्।
विदेशमा रहेका दोस्रो पुस्तका नेपालीहरूलाई उनीहरूको जरोकिलो सम्म जोड्ने उद्देश्य राखिएको कार्यक्रममा आप्रवासन र पहिचान: प्रवासी नेपालीहरूको मामला समुदाय र युएनको उदीयमान अवधारणामा डा. स्थानेश्वर तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गर्ने छन्।
यस्तै नेपाल सरकारको तर्फबाट शिक्षा विभाग अन्तर्गत शिक्षा र मानव केन्द्र स्रोत विकासका महानिर्देशक दीपक शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
अध्यागमन सम्बन्धी सरकारी नीति र कार्यक्रमहरू, नेपाली डायस्पोराका लागि आर्थिक कूटनीति र विदेशी सम्बन्धमा अमेरिकाका लागि नेपालका कार्यवहाक राजदूत कुमार खरेलबाट सम्बोधन हुने छ।
माइग्रेसन अनुभव र दोस्रो पुस्ताको अपेक्षाहरू बारेमा प्रभास केसीले अवधारणा राख्ने छन्।
सामाजिक, सांस्कृतिक र रणनीतिहरू सम्बन्ध तथा आत्म-पहिचानका विषयमा नर्थ टेक्सस विश्वविद्यालयका डा. भोज बलायरले कार्यपत्र प्रस्तुत गर्ने छन्।
दोस्रो पुस्ताको जनसङ्ख्यालाई तिनीहरूको जरामा जोड्ने विश्वव्यापी अभ्यास र चुनौतीहरूमा डा. राजन पन्त धारणा राख्ने कार्यक्रम छ।
ग्लोबल परिप्रेक्ष्य (अनुसन्धान/सैद्धान्तिक अन्तर्दृष्टि) मा दोस्रो पुस्ताको जनसङ्ख्या र तिनीहरूको रुटका बारेमा लक्ष्मी पी. ओझा, मिशिगन स्टेट युनिभर्सिटीले धारणा राख्ने कार्यक्रम रहेको छ।
यस्तै संस्थापक अध्यक्ष डा. आमोद पोखरेलले समापन टिप्पणी गर्ने छन्।
