उपसभामुख रानामगरलाई राजीनामा गर्न लगाउने, नमाने महाअभियोग
काठमाडौं । सत्तारूढ दलहरूले पदीय आचरणको विवादमा परेकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट राजीनामा दिन आग्रह गर्ने तयारी गरेका छन्।
यदि उनले यस आग्रहलाई अस्वीकार गरिन् भने, उनीविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउने योजना बनाइएको छ।
आइतबार कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठकमा र सोमबार सत्ता समर्थन दलहरूको बैठकमा यो विषयमा छलफल भएको थियो।
कांग्रेसका एक नेताका अनुसार सुरुमा उनलाई स्वेच्छाले पद छोड्न आग्रह गरिनेछ, तर उनले नमानेको खण्डमा महाभियोग प्रस्ताव ल्याउने तयारी छ।
यो विषय मंगलबारको संसद् बैठकमा पनि उठ्नसक्ने ती नेताले बताएका छन्।













