प्रधानमन्त्री ओलीबाट सञ्चारमन्त्री गुरुङलाई सचेत

Getting your Trinity Audio player ready...
|
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पोखरामा दिएको विवादास्पद अभिव्यक्तिका लागि सचेत गराएका छन्।
शनिबार पोखरामा आयोजित एक पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रहरी समायोजन सम्बन्धी प्रश्नमा ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति पछि आलोचना भएपछि प्रधानमन्त्री ओलीले उनलाई बोल्दा शब्द चयनमा ध्यान दिन चेतावनी दिएका हुन्।
मन्त्री गुरुङले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूलाई प्रधानमन्त्रीले सचेत गराएको स्वीकार गरेका छन्।