अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण: नरेश भट्टलाई दोस्रो पटक पनि धरौटी दिन अस्वीकार

Getting your Trinity Audio player ready...
|
मानसस, भर्जिनिया/ आफ्नै श्रीमती नर्स ममता भट्ट काफ्लेलाई बेपत्ता बनाएको अभियोगमा थुनामा रहेका नरेश भट्टलाई स्थानीय अदालतले दोस्रो पटक पनि धरौटी दिन अस्वीकार गरेको छ।
अगस्त २६ तारिखमा पनि अदालतले धरौटी दिन अस्वीकार गरेको थियो।
आरोपी नरेश दोस्रो पटक धरौटीका लागि अदालत गएका थिए। तर अदालतले आफ्नो अघिल्लो आदेशलाई नै सदर गरेको हो।
नरेशलाई श्रीमती बेपत्ता बनाएको, शव लुकाएको, अनुसन्धानलाई सहयोग नगरेको अभियोग लगाइएको छ।
अदालतले नरेशलाई धरौटीमा छोड्दा देश छोड्न सक्ने र समुदायलाई सुरक्षा खतरा हुने भनेको छ।