अमेरिकामा प्रहरीले गर्यो नेपाली विद्यार्थी हत्या आरोपीको फोटो सार्वजनिक

Getting your Trinity Audio player ready...
|
ह्युस्टन, टेक्सस/ अमेरिकाको टेक्सस राज्यको ह्युस्टन प्रहरीले नेपाली विद्यार्थी मुना पाण्डेको हत्यामा संलग्न सन्दिग्धको फोटो सार्वजनिक गरेको छ।
ह्युस्टनको वेस्ट एयरपोर्ट ब्युबर्ड स्थित अपार्टमेन्टमा नेपाली विद्यार्थी मुना पाण्डे मृत भेटिएकी थिइन्।
ह्युस्टन पुलिसले बुधवार घातक गोली बारीमा वान्टेड एक सन्दिग्ध व्यक्तिको पहिचान गर्न जनताको सहयोग माग्दै फोटो सार्वजनिक गरेको हो।
प्रहरीले २१ वर्षीय मुना पाण्डेको ह्यारिस काउन्टी इन्स्टिच्युट अफ फोरेन्सिक साइन्सेसले प्रमाणीकरण गर्न बाँकी रहेको बताएको छ।
पुलिस अधिकारीहरूको गस्ती एक व्यक्तिको फोनको आधारमा अपार्टमेन्ट भित्र पुग्दा बन्दुकको गोली लागेर मृत्यु भएको अवस्थामा पाण्डेको लास सोमवार साँझ भेट्टाएको थियो । प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए ।
अपार्टमेन्ट कम्प्लेक्सका कर्मचारीहरूले अफिसरहरूलाई भने कि ९११ मा कल गर्नु अघि उनीहरूलाई अपार्टमेन्ट भित्रको शवको बारेमा अज्ञात कल प्राप्त भएको थियो ।
अपार्टमेन्टमा रहेको सीसीटिभि फुटेजको आधारमा पाण्डेको कोठामा प्रवेश गरेर निस्किएको पुरुषलाई प्रहरीले खोजिको सूचिमा राखेको हो। ती सन्दिग्धको पहिचान र ठेगाना खुल्न नसकेको प्रहरीले भनेको छ।
अज्ञात सन्दिग्ध वा यस मामलामा जानकारी भएका जो कोहीलाई ह्ययुस्टन पुलिसमा ७१३-३०८-३६०० मा सम्पर्क गर्न वा ७१३-२२२- TIPS मा क्राइम स्टपर्ससँग गोप्य रूपमा कुरा गर्न आग्रह गरिएको छ।