टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि दंगालीहरूको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङका राजनीतिक दलका प्रतिनधि, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, संघीय सांसदहरु दिपक गिरी र मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरीलगायतले माग प्रस्तुत गरेका हुन् ।
मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले उक्त विमानस्थल स्तरोन्नतिका साथै लमही–घोराही–तुल्सीपुर सडक विस्तारका काममा सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यू,
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय,
सिंहदरबार, काठमाडौं ।
विषयः समग्र दाङ जिल्लाको आर्थिक तथा भौतिक विकासकोलागि मागपत्र सम्बन्धमा ।
प्रस्तुत विषयका सम्बन्धमा दाङ जिल्ला नेपालकै सबैभन्दा ठूलो उपत्यका रहेको जिल्ला हो । जिल्लाको कुल क्षेत्रफलको करिव (२९५५ वर्ग कि.मि.) मध्ये दुई तिहाई क्षेत्रफल (१९२९.५५ वर्ग कि.मि.) वन जंगलले ढाकेको छ भने कृषि क्षेत्र ६९९.५ वर्ग कि.मि., अनुत्पादित क्षेत्र २०४.४५ वर्ग कि.मि. र चरीचरण क्षेत्र १२९.५ वर्ग कि.मि. रहेको छ। यहाँ कोइला र चुनढुङ्गाको साथै तामा, मट्टीतेल लगायतका खनिज पदार्थको प्रचुर सम्भावना रहेको मानिन्छ । जिल्लाको महाभारत तथा दाङ उपत्यकामा चिम्ट्याइलो माटो, चुरे क्षेत्रमा बलौटे दुमट माटो र देउखुरी उपत्यकामा दुमट माटो पाइन्छ । यहाँका खोला नालाहरुमा प्रशस्त मात्रामा वालुवा, ढुङ्गा तथा यी दुबैको मिस्कट पाइन्छ । जिल्लामा थारु, क्षेत्री, ब्राह्मण, नेवार, मुसलमान, मगर र दलित समुदायको मिश्रित बसोबास रहेको र यो जिल्लाको जनसंख्या २०७८ को जनगणना अनुत्तार महिला ३,५४,४२० र पुरुष ३,२०,५७३ गरी कुल जम्मा ६,७४,९९३ रहेको छ ।
राप्ती र बबई यस जिल्ला भई बग्ने ठुला नदीको रुपमा परिचित छन् । राप्ती दाङ जिल्लाको दक्षिणी उपत्यका देउखुरीको पूर्वबाट पश्चिम भएर बगेको छ भने बबई दाङ उपत्यकाको दक्षिणमा रही पूर्वबाट पश्चिमतर्फ बगेको छ । यी नदीहरु बाहेक यस जिल्ला भएर बग्ने खोलानालाहरुमा सिस्ने खोला, कटुवा खोला, सेवार खोला, पत्रे खोला, संक्राम खोला, ग्वार खोला, पातु खोला, अर्जुन खोला, गहते खोला, भमके खोला, बागर खोला, बहुला खोला, च्याटी खोला, ट्वाङ खोला बादि प्रमुख हुन् । त्यसैगरी जिल्लाका प्रमुख ताल, तलाउ तथा दहहरुमा बाह्रकुने दह, सप्तकुण्ड, जखेरा ताल, चरिङ्गे दह, भोटै दह, ज्यामिरे दह पर्दछन् भने पुरन्धारा छहरा र सुन छहरा यस जिल्लाका प्रमुख झरनाहरु हुन् ।
प्राकृतिक र सांस्कृतिक रुपले धनी यस जिल्लाको समग्र आर्थिक तथा भौतिक विकासका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई
दाङ जिल्ला अन्तर्गत विकास निर्माणका सन्दर्भमा तपसिलमा उल्लेखित योजनाहरूलाई राष्ट्रिय योजनामा समावेश गरी आबश्यक बजेट विनियोजन लागी विशेष पहल गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
तपशिल :
१. दाङ तुलसीपुर स्थित टरीगाउँ विमानस्थलको धावन मार्ग स्ररोन्नती गर्ने (डी.पी.आर. बमोजिम आबश्यक बजेट रू. ३ अर्ब ४२ करोड २८ लाख ३५ हजार २ सय ३०) ।
२. लमही घोराही – तुल्सीपुर चार लेन सडक यथाशीघ्र टेण्डर गर्ने ।
३. दाङ कोईलावास भन्सार नाकालाई सुचारू गर्ने ।
४. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको जग्गा प्राप्ति तथा एम.वि.वि.एस. स्वीकृत गर्ने ।
५. सुकौरा (राजकोट) दंगीशरण राजाको पहिचान (थारू संस्कृति, परम्परा झल्किने) संरचना निर्माण गर्ने । बजेट रू. ५ करोड ।
६. सुकौरा – चरकमटिया सडकमा बजेट व्यवस्थापन गरी डेण्डर गर्ने ।
७. देउखुरी उपत्यकामा रिङ रोड निर्माण एवं मेट्रो बस सञ्चालन गर्ने ।
८. राप्ती बंबई क्याम्पस तुलसीपुर, दाङलाई त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउँने।
९. दाङ जिल्ला स्थित राप्ती र बंबई नदिको दुवैतर्फ तटबन्ध निर्माण गर्ने ।
१०. दाङ उपत्यकामा चक्रपथ तथा बंबई करिडोर निर्माण गरी मेट्रो बस सञ्चालन गर्ने ।
११. ग्वारखोला हाईड्याम निर्माण प्रक्रिया अगाडी बढाउने ।
१२. स्वर्गद्वारी आश्रम र नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको जग्गा संरक्षण र उपयोग गर्ने ।
१.शंकर पोखरेल
महासचिव, नेकपा एमाले
२.घनश्याम पाण्डे
केन्द्रीय सदस्य, नेकपा एमाले
३.डा. नहकुल के.सी.
महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस
४. जगत खड्का
सभापति, नेपाली कांग्रेस क्षेत्र नं ३, दाङ
१. मा. दीपक गिरी,
प्रतिनिधि सभा सदस्य,
निर्वाचन क्षेत्र नं- ३, दाङ
२. मा. रेखा शर्मा
प्रतिनिधि सभा सदस्य,
निर्वाचन क्षेत्र नं- २, दाङ
३. मा. मेटमणी चौधरी
प्रतिनिधि सभा सदस्य,
निर्वाचन क्षेत्र नं- १, दाङ
४. मा. जगप्रसाद शर्मा
राष्ट्रिय सभा सदस्य तथा केन्द्रीय सदस्य, नेकपा माओवादी (केन्द्र)
५. नरूलाल चौधरी,
प्रमुख, घोराही उपमहानगरपालिका, दाङ
६. टिकाराम खडका
प्रमुख, तुलसीपुर उपमहानगरपालिका, दाङ
७. कूल बहादुर खत्री,
अध्यक्ष ,
बबई गाउँपालिका , दाङ
८. शम्भु गिरी,
अध्यक्ष, दंगीशरण गाउँपालिका , दाङ
९. प्रमोद बस्नेत,
अध्यक्ष, बबई गाउँपालिका , दाङ
१०. हुमाल डिसी
उपप्रमुख, घोराही उपमहानगरपालिका, दाङ
११. स्यानी चौधरी
उपप्रमुख, तुलसीपुर उपमहानगरपालिका, दाङ
१२. लक्ष्मी योगी
प्रमुख, लमही नगरपालिका, दाङ
१. बसन्त जोशी
अध्यक्ष, घोराही उद्योग बाणिज्य संघ, दाङ
२. विनिल के.सी.,
अध्यक्ष, तुलसीपुर उद्योग वाणिाज्य संघ , दाङ
३.कमल सिंह ठकुरी
अध्यक्ष, देउखुरी उद्योग वाणिाज्य संघ , दाङ
४. नारायण प्रसाद भुषाल ,
पूर्व अध्यक्ष, उद्योग वाणिज्य संघ, दाङ
५.कृष्ण कुमार गिरी
केन्द्रीय सदस्य, नेत्र ज्योति संघ
६.शरद रेग्मी
कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ दाङ
मिति : २०८१।०५।०७















