“बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ”: डा. रामवरण यादव, प्रथम राष्ट्रपति

म सबैभन्दा पहिले हाम्रा महानायक बीपी कोइरालाको स्मृति दिवसको अबसरमा यस्तो कार्यक्रम आयोजना गरेकोमा खुशी ब्यक्त गर्दै यसमा मलाई पनि आमन्त्रित गरेकोमा “विश्व संजाल परिवार” लाई हार्दिक धन्यबाद दिन चाहन्छु ।
संसारभरि छरिएका लोकतन्त्रबादीहरुलाई संगठित गरी नेपाल र नेपाली जनताको बृहत्तर हित एबं लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सफल बनाउने उद्देश्य राखेको यो सँस्था अझ बिस्तारित र प्रभावकारी हुदै जाओस भन्ने शुभकामना दिनचाहन्छु ।
बीपी कोइरालाको चिन्तन र सिद्धान्तको केन्द्रविन्दु नेपाली जनता हुन् । तत्कालीन नेपालमा ९० प्रतिशत गरिब किसान भएको मुलुक नेपालमा किसान मजदुरको आर्थिक स्थिति र चेतनाको लागि शिक्षा भन्ने विषय उच्च प्राथमिकता रहेको थियो । त्यसैले सामाजिक न्यायका लागि समाजवाद (Socialism) नै सिद्धान्तको केन्द्रबिन्दु रहेको थियो ।
बीपीको व्यक्तित्व बहुआयामिक थियो । उहाँको साहित्य कला संस्कृति देखि लिएर राजनीति शास्त्रमा सबैमा उहाँको दखल थियो। उहाँ धेरै नै पठित व्यक्तित्व हुनहुन्थ्यो। उहाँले मार्क्स देखि लिएर गान्धी देखिलिएर सबैको सिद्धान्तको धेरै ज्ञाता हुनुहुन्थ्यो। गरीब, किसान र मजदूरप्रति उहाँमा अत्यन्त स्नेह र ममता थियो, जो सायद उहाँले पुस्तक पढेर भन्दा बिरासतबाट प्राप्त गर्नुभएको थियो । उहाँको पिताजी कृष्णप्रसाद कोइरालाले एउटा भारी बोक्ने मजदुरको फाटेको, च्यातिएको, जुम्रा परेको लुगा पार्सल गरेर राणा प्रधानमन्त्रीलाई पठाएर गाउँमा रहेका गरीब जनताको अबस्थाप्रती ध्यान दिन आग्रह गर्नुभएको थियो, जसबापत उहाँको सर्वस्वहरण गरियो र पूरा परिवारले निर्वासित भएर ज्यादै कष्टकर जीवन १२ वर्ष सम्म बिताउनु भयो हिन्दुस्थानमा।
भारतको स्वाधीनता आन्दोलनमा भारतीय नेताहरूसँगै जेल बसेको र गान्धीको भारत छोडो आन्दोलन (Quit India Movement) का सन्दर्भ ।
बिपी कोइरालाको हामीले सम्झँदा खेरि उहाँको व्यक्तित्व कसरी निर्माण भयो भनेर, उहाँको पारिवारिक कष्टकर जीवन जुन थियो त्यो बाट उहाँको व्यक्तित्व निर्माण भयो। र त्यो बेला भारतमा आजादीका लागि स्वाराजका लागि इन्डियन नेश्नल कांग्रेसको नेतृत्वमा गान्धीको नेतृत्वमा आन्दोलन बढी रहेको थियो।
दुई वटा कारणले देखिन्छ कि उहाँको आफ्नो व्यक्तित्व निर्माण भएको एउटा पारिवारिक जो कष्टपूर्ण जीवन थियो उहाँको शिक्षाको समयमा त्यस बेला बनारसमा हुँदा उहाँको परिवारको विहार देखि लिएर युपी देखि लिएर राज स्थान, बङ्गालदेखि लिएर जुन कष्टपूर्ण जीवन १२-१३ वर्ष बिताउनु भयो उहाँको परिवारले यसबाट उहाँको आफ्नो पढाइको सन्दर्भमा उहाँको व्यक्तित्व निर्माण भयो। र गान्धीको आन्दोलनमा लागेर उहाँले कुट इन्डिया मुभमेन्टमा देखि लिएर हजारी बा जेलमा डाक्टर राजेन्द्र प्रसाद सँग जय प्रकाश जी सँग तीन वर्ष सँगै जेल पनि बस्नु भएको थियो र कुट इन्डिया मुभमेन्टमा भाग लिनु भएको थियो।
बिपी कोइराला र त्यस बेलाका सनको ४६ मा उहाँले आह्वान गरेर पार्टी निर्माणको अभियान अगाडि बढाउनु भयो र सन् ०४७ मा उहाँले पार्टी निर्माण गरेर सारा नेपाली भारतमा थियो बाहिर थियो तिनलाई सङ्गठित गरेर राणा कालको राणाको विरुद्धमा आन्दोलन अगाडि बढाउँदै सात सालको क्रान्ति गर्नु भयो र राणालाई हटाएर त्यस पछि अगाडि बढ्दै आठ साल देखि १५ साल सम्म देशमा घुमेर उहाँले सङ्गठन विस्तार गर्नु भयो। नेपाली कांग्रेसको । १५ सालमा दुई तिहाइले जितेर आउनु भयो र देशको प्रधानमन्त्री बन्नु भयो।
बीपी कोइरालाले प्रधानमन्त्रीत्वकालमा धेरै महत्त्वपूर्ण कार्यहरू गर्नुभयो । विशेषगरी जननिर्वाचित सरकारको नेतृत्व लिनासाथ सर्वप्रथम (क) क्रान्तिकारी भूमि सुधार (ख) र मजदुर ऐन संसदबाट पास गराउनु भयो (ग) राजा- रजौटा र विर्ता उन्मूलन जस्ता महत्त्वपूर्ण प्रस्ताव पारित भए । यी क्रान्तिकारी प्रस्तावहरू पारित हुनासाथ एसियन सोसलिस्ट कन्फ्रेन्सले पूर्ण सदस्यता र सोसलिस्ट इन्टरनेसनलले पर्यवेक्षक (Observer Status) प्रदान गर्यो । उहाँको टाइम्समा नै नेपालमा समाजवादीको सम्मेलन गर्नु भयो बर्मामा गर्नु भयो। सम्मेलनमा उहाँको मुख्य भूमिका थियो। एसियाको समाजवादीहरुको बिचमा उहाँको अत्यन्त महत्वपूर्ण भूमिका थियो र उहाँको सहासिक, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चर्चित हुनु यभो त्यस कारणले। यसरी बीपीको साहसिक नेतृत्व राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा चर्चित भयो । तीनताका नेपालमा मात्र होइन, विश्वमा नै क्रान्तिकारी कदम मानिन्थ्यो । नेपालमा गर्नु भएको सुधारका कारणले।
उहाँले असंलग्न परराष्ट्र नीतिको भावना र मर्म अनुरूप छोटो समयमा आफ्नो सरकारको सम्बन्धहरू विकास गर्नुभयो । यसमा युरोप, एसिया, अस्ट्रेलियाका १८ मुलुकहरूसँग सम्बन्ध विस्तार गर्नुभयो भने चीन, रुस, अमेरिकाको दूतावास काठमाडौँमा खोल्ने अनुमति दिनु भयो । यहाँ क्षेत्रीय शक्तिहरुले चाहान्थेको उहाँले त्यो नगरोस भनेर । तर उहाँले गर्नु भयो उहाँले। पाकिस्तान सँगको सम्वन्ध र इजराय सँगको सम्वन्ध गर्नु भयो। इजराइलका लागि नेपाल एशियामा पहिलो देश थियो रिकनाइज गर्ने।
राष्ट्रसङ्घको १५औं महासभामा उहाँले दिएको निर्भिक र उत्साहप्रद भाषणले साना राष्ट्रहरूको मनोबल बढाएकोबाट उहाँको छवि स्पष्ट हुन्छ । त्यस दौरान अमेरिकी राष्ट्रपति अहिजन हावर, बेलायतका प्रधानमन्त्री हदारोड म्याक मिलन र रुसका प्रधानमन्त्री निकिता ख्रुस्चेभ जस्ता नेताहरूसँगको भेटले पनि यो पुष्टि गर्दछ ।
उहाँले राष्ट्रसङ्घमा १९६० को सेप्टेम्बर १७ मा मन्तब्य ब्यक्त गर्दै राष्ट्रसङ्घको चार्टरप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउदै राष्ट्र संघले साना र नबोदित राष्ट्रको हित र बिकासमा बिशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनु भयो । बीपीले नेपालमा निरङ्कुश सामन्ती राणाशासनको अन्त्य र आम निर्बाचनपछि आफुहरु नयाँ नेपालको निर्माण कार्यमा लागेको बताउंदै साना-ठुला राष्ट्रहरु बीच भेदभाव हैन एकता र सहकार्य हुनुपर्ने राय प्रकट गर्नु भयो । उहाँले खुला आर्थिक नीति र उदार राजनीतिक प्रणालीले विश्वलाई तनाबमुक्त गरी मानब कल्याण गर्ने उल्लेख गर्नुभएको थियो । नेपालको परराष्ट्रनीतिको जग बीपीले नै निर्माण गर्नुभएको हो । सायद यी सबै कारणले होला उहाँले राष्ट्रसंघको १५औं महासभामा उहाँले बोल्दा हल खचाखच भरिएको थियो । संसारका सरकार प्रमुखहरुले बोल्ने सो सम्मेलनमा विरलै मात्र त्यस्तो उपस्थिति हुने गर्दछ ।
बीपीका यी साहसिक कदमले देशविदेशमा ठूलो चर्चा र प्रसिद्धि पाए । तर देशभित्र प्रजातन्त्र विरोधी, परिवर्तन विरोधी, मुठ्ठीभर दरबारिया र जमिन्दार, सामन्त वर्ग रुस्ट भयो । राजा त यति धेरै परिवर्तनका विरोधी नै थिए । यसैको परिणाम राजाले मौका छोपे र २०१७ साल पुस १ गते सैनिक बलमा प्रजातन्त्र नै अपहरण गरे । तर उहाँको एक वर्षको कार्यकाल नेपालको इतिहासमा स्वर्णकाल मानिन्छ ।
बीपी राजनीतिक स्वतन्त्रताकासाथै सामाजिक न्यायलाई जोड दिनुहुन्थ्यो । त्यसैले उहाँ लोकतन्त्रसंगै समाजबाद अनिबार्य छ, समाजबाद नभई लोकतन्त्र पूर्ण र सफल हुदैन भन्नु हुन्थ्यो ।समाजबादप्रति उहाँको गहिरो आस्था थियो । तपाईहरुले पढ्नु भएको होला, उहाँले एकजना अमेरिकी पत्रकारलाई अन्तर्वार्ता दिदै पुँजीवादी पश्चीमी जगतलाई भन्नुभएको थियो– युरोप र अमेरिकाले बिकासको दिशामा ठुलो छलांग मारेकाले यो प्रेरक तत्व भएपनि एशिया र अफ्रिकाका विकासशील मुलुकमा समाजवादको आबश्यकता र महत्व झन्झन् बढ्दै छ । उहाँ नेपाल र नेपालीको भाग्य र भबिष्य राष्ट्रियता, लोकतन्त्र र समाजबादमा निहित छ भन्ने कुरामा सदैब अटल रहनु भयो ।
उहाँ बहुआयामिक, दूरदर्शी र गतिशील राजनेता हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा नेपाल राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, साहित्यिक क्षेत्रमा आधुनिक युगमा प्रवेश गरेको हो । उहाँ बित्नु भएको ४२ बर्ष भयो । यसबीच धेरै प्रकारका परिबर्तन भए, उथलपुथल भए, धेरै पार्टीहरु सत्तामा पुगे । तर दुर्भाग्य– बीपीले कोर्नुभएको लक्ष्य अझै अधुरो छ ।
म तपाईहरुलाई बीपीको एउटा भनाइ स्मरण गराउन चाहन्छु : उहाँ भन्नु हुन्थ्यो, “कुनै बेला कुनै कुरामा दुबिधा भयो भने शहिद्हरुलाई सम्झिनुस र देशको माटो छोएर सोच्नुस, तपाइको बिबेक र आत्माले जे भन्छ त्यही गर्नुस् ।” बीपीले सत्तालाई कहिल्यै महत्व दिनु भएन । उहाँले सत्ताको लागि कसैसंग कहिल्यै सम्झौता गर्नुभएन । उहाँले राजनीतिमा जातिबाद र क्षेत्रीयताबाद्लाई प्रोत्साहन गर्नुभएन । उहाँ देशलाइ सबै जाति, समुदाय, वर्ग र धर्मको आश्थाको केन्द्र बनाउनु पर्दछ भन्नु हुन्थ्यो।सबै नागरिकले अपनत्व महसुस नगरेसम्म कुनै पनि देश वास्तविक अर्थमा राष्ट्र बन्न सक्दैन भन्ने उहाँको मान्यता थियो । उहाँ यो पनि भन्नुहुन्थ्यो कि यो काम सबैको एकता र सहकार्यबाट मात्र सम्भब छ ।
मेरो बीपी कोइरालासँगको भेट बारे, २५ सालमा बिपी जेलबाट छुट्नु भयो, उहाँ कलकत्ता जानु भयो त्यस पछि भेटघाट जारी थियो। म जनकपुरमा आएर प्राक्टिस गर्न थाले। ३३ सालमा उहाँ मेलमिलाप लिएर फर्कनु भयो त्यस बेलाको एउटा करा ऐतिहासिक छ। उहाँ आफैले बयान दिनु भएको छ। सात वटा आठ वटा मुद्दा थियो। राजाले जुन प्रकारले देशको शासन व्यवस्था लिएको थियो त्यसको विरोधमा उहाँले बोल्नु भएको थियो। नागरिकलाई कसरी जेलमा सताउँछ, विना नियम कानुन त्यो बारेमा उहाँले बोल्नु भएको थियो। म अनुरोध गर्छु त्यो पढ्न लायक छ। इतिहासको कालखण्डमा उहाँले बोल्नु भएको छ अदालतमा।
त्यस पछि उहाँ बिरामी गर्नु भएको छ। उहाँको उपचार अमेरिकामा गएर भएको छ। अमेरिकाबाट फर्केर आएपछि फेरि जेल दिएको छ सरकारले। त्यस पछि जेलबाट निस्किए पछि उहाँ फेरि बिरामी पर्नु हुन्छ भनेर म उहाँको पर्सनल फिजिसियनको हिसाबले अढाई तीन महिना उहाँ सँगै बसेर उहाँको अरू राजनीतिक र समाजको बारेमा चिन्तन, राष्ट्रको बारेमा चिन्तन र अन्तर्राष्ट्रियको बारेमा चिन्तन के थियो त्यो सबै बुझ्न पाए। त्यस पछि ३९ सालमा उहाँको स्वर्गवास भयो। स्वर्गवास भएर पनि उहाँको सिद्धान्त जे थियो त्यही आधारमा नेपाली कांग्रेसले अगाडि बढ्दै २०४६ साल गणेशमानजीको नेतृत्वमा ,यहाँ एउटा कुरा मेन्सन गर्न चाहन्छु बिपी असाध्यै भाग्यमानी हुनुहुन्थ्यो, उहाँको सम्पूर्ण परिवार सँगै हुनुहुन्थ्यो इतिहासको कालखण्डमा ।
त्यति मात्र होइन उहाँको तीन चार जनाको टिम थियो कांग्रेसका अग्रणी नेताहरूको गणेशमान जी, सुवर्ण जी, कृष्ण प्रसाद भट्टराई या गिरिजाप्रसाद कोइराला र खास गरेर महेन्द्र नारायण निधि, रामनारायण मिश्रहरू र योगेन्द्रमान शेरचनहरू सारा उहाँ सँग खडा हुनुहुन्थ्यो देशभरका नेताहरू । र उहाँ भाग्यमानी हुनुहुन्थ्यो सारा साथीहरूलाई कन्भिन्स गरेर अगाडि बढाउनु हुन्थ्यो। उहाँको सिद्धान्त थियो। त्यही सिद्धान्तमा गणेशमानजीले ०४६ को आन्दोलनलाई अगाडि बढाउनु भयो र बामपन्थीहरुलाई सँगै लिएर पञ्चायतको विरुद्धमा बहुदल स्थापना गराउनु भयो। तर दुर्भाग्य पाँच वर्ष हामीले काम गर्यौ ५२ सालमा माओवादी हतियार लिएर अगाडि बढेकोले देशमा रक्तपात भयो त्यसलाई गिरिजा प्रसाद कोइरालाले ०६२/०६३ मा सबैलाई मिलाएर सात पार्टी र माओवादीलाई मिलाएर शान्ति स्थापना गरेर देशलाई अगाडि बढाउँदै लोकतान्त्रिक गणतन्त्रमा हामी अगाडि बढ्यौ।
र आज जुन कुरा हामी बसेर कुरा गरि रहेका छौ त्यो चाही देन नेपाली कांग्रेसको आदर्श र सिद्दान्तमा चलेर, नेताहरु गणेशमान, कृष्ण प्रसाद भट्टराई गिरिजा प्रसाद कोइराला होस अगाडि बढेर ६२/६३ सालमा जुन परिवर्तन भएको छ यो राष्ट्रिय मेलमिलाव नीतिमा नै अगाडि बढेको छ।
त्यसैले उहाँ २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अपनाएर, आफ्नु ज्यानको समेत पर्वाह नगरी स्वदेश फर्किनुभएको तपाईहरु सबैलाई थाहा नै छ । उहाँले अन्तिम समयसम्म देशको सबै शक्ति बीच एकता, सहमति र सहकार्यको लागि प्रयत्न गर्नु भयो । आज हामी जुन परिबर्तनको उपयोग गरिरहेको छौ, त्यो बीपीकै प्रेरणाबाट प्राप्त भएको हो । त्यसैले अब सबैले यस उपलब्धिको रक्षा गर्दै यसलाई राष्ट्र र जनताको हितमा प्रयोग गर्ने तिर लाग्यौं भने बीपीप्रति सच्चा श्रद्धान्जली हुनेछ ।
तसर्थ आजको यो पुण्य अबसरमा म देश बाहिर रहेर मुलुकको चिन्ता गरिरहनु भएका तपाईहरुलाई आफुले हासिल गरेको ज्ञान, शीप, साधन र श्रोतलाई बीपीको आदर्श र परिकल्पनालाई साकार पर्ने सन्दर्भमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने गम्भीर भएर सोच्न आग्रह गर्दछु ।
मलाई बिश्वास छ- तपाईहरुले धेरै गर्न सक्नु हुन्छ ।
अन्त्यमा, विश्व संजाल परिवारसहित अमेरिका लगायत विभिन्न देशमा रहेका संगठन र व्यक्तिहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
(नेपाली जनसम्पर्क समिति विश्व सञ्जाले भर्चुअल मार्फत आयोजना गरेको ‘महामानव बिपी कोइरालाको बहु आयामिक व्यक्तित्व’ विषयक अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव सम्बोधन। कार्यक्रम विश्व सञ्चालका संयोजक बिष्णु सुवेदीको अध्यक्षतामा भएको थियो।)