एनआरएन टोलीलाई भेट्दै प्रधानमन्त्रीले भने ‘म सधैं साथमा छु’

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ । सरकारी निवास बालुवाटारमा शनिवार भएको भेटवार्तामा एनआरएन टोलीले प्रधानमन्त्रीलाई शुभकामना दिनुका साथै समसामयिक विषयमा छलफल गरेको हो ।
सर्वोच्च अदालतबाट अवैध घोषणा गरिएका अध्यक्ष डा. बद्री केसीले एनआरएन अभियानले सामना गरेको चुनौती, नेपालमा लगानी सहजीकरण, गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनका विषयमा कुरा राख्दै वर्तमान सरकारबाट थप सकारात्मक भूमिकाको अपेक्षा आफूहरूले लिएको बताए ।
जवाफमा प्रधानमन्त्री ओलीले एनआरएनको स्वतन्त्रता सुनिश्चित गर्न आफू सधैँ प्रतिबद्ध रहेको बताए । यसैगरी उनले नेपालको समृद्धिका निम्ति औद्योगिक लगानीमा केन्द्रित भएर काम गर्न एनआरएनलाई आग्रह गरे । आफूले सधैं एनआरएनएको पक्षमा रहेको बताए ।

गैर आवासीय नेपाली नागरिकहरूको लागि संविधानले दिएको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार प्रयोजनको लागी आवश्यक ऐनमा परिमार्जन गर्न र संयुक्त लगानीको एनआरएन डेभलपमेन्ट फन्ड सञ्चालनको लागी आवश्यक निर्देशिका जारी गर्ने पनि प्रस्ट पारे ।
सरकार फेरिएसँगै एनआरएनए बद्री समूह फुलगुच्छा सहित मन्त्रीको दैलोमा
उपेन्द्र महतोको नेतृत्वमा गएको टोलीमा बद्री के सी, रोजिना प्रधान राई, अतुल कोइराला, हिरा धन राई, भूषण घिमिरे, कृष्ण तिमलसिना, अर्जुन कुमार श्रेष्ठ, बिजन भट्ट, राजु अर्याल, केशव तिमिलसेना, राजेन्द्र पुडासैनी, परशु बस्नेत लगायत थिए ।
वद्री केसी समूहको पूर्ण सुनुवाई मंगलबार पनि भएन, आफै पूर्ण पाठ कुर्दै सर्वोच्च
July 30, 2024 @ 6:25 am
[…] […]