सरकार फेरिएसँगै एनआरएनए बद्री समूह फुलगुच्छा सहित मन्त्रीको दैलोमा

काठमाडौँ । नेपालमा पछिल्लो १५ वर्षमा १४ औ प्रधानमन्त्री फेरिए सँगै गैर आवासीय नेपाली संघ (एनआरएनए) मा लागेका एउटा समूह फुल गुच्छा मन्त्रीहरूको दैलोमा बधाई दिन जान भ्याइ नभ्याई छ।
नयाँ प्रधानमन्त्री केपी शर्मा ओली बनेका छन्। उनी निकट मानिने एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, सर्वोच्च अदालतद्वारा खारेजीमा परेको एनआरएनएका तीन मध्येका एक अध्यक्ष डा. बद्री केसी र उनी निटककाहरु मन्त्रीको ढोकामा लाइन लागेका हुन्।
जबकि डा. बद्री समूहका योजनाकार मानिने बेलायत निवासी डा. हेमराज शर्मा मन्त्रीको ढोकामा लाइन लाग्न हुन्न भन्नेमा वकालत कर्ता थिए।
एनआरएनएको तालुकदार मन्त्रालय परराष्ट्र हो। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी डा. आरजु देउवा नयाँ परराष्ट्र मन्त्री बनेकी छिन्। आरजु तिनै व्यक्ति हुन जसलाई ‘एनआरएनए बिगारेको’ आरोप लगाइएको छ। यो आरोप अरू कसैले नभएर तिनै बद्री केसी समूहले लगाएको हो।
बद्री केसी स्वयमले आरजु देउवाले एनआरएनएमा हस्तक्षेप गरेको, आर्थिक लेनदेन गरेको सम्मको आरोप लगाएका थिए। जुन समय परराष्ट्र मन्त्री नारायण खड्का थिए। देउवाकै हस्तक्षेपका कारण एनआरएनएमा तीन तीन अध्यक्ष बनाउन परेको भन्दै आएका डा. बद्री केसी र समूह अहिले तिनै आरजुलाई उनको निजि घरमा फुल गुच्छा टक्राउने लाइनमा अग्र मोर्चामा देखिए।
बद्री समूहले गृहमन्त्री रमेश लेखक सँग पनि भेटेको छ। लेखक पनि नेपाली कांग्रेसका हुन र पार्टी सभापति देउवाका खास मान्छे। हिजो देउवा दम्पतीलाई गाली गरेर नथाकेकाहरू अहिले फुल गुच्छा लिएर अग्र मोर्चामा रहँदा हिजो तिनै देउवा दम्पतीका कारण तीन मध्येको एक अध्यक्ष बनेको आरोप खेपेका कुल आचार्य र बुढानीलकण्ठबाट टिकट पाएका भनिएका अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ समूह दृश्यमा देखिएका छैनन्।
सर्वोच्चको आदेश पछि एनआरएनए भने कोमामा छ। अदालतले एनआरएनएको पछिल्ला दुई महाधिवेशनलाई रद्द गर्दै तत्कालीन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घले नेतृत्वको कमिटी मार्फत नयाँ जनादेश लिन भनेको छ। तर पूर्ण पाठ नभएको भन्दै घले कमिटीले पनि काम सुरु गरेको छैन।
कानुनी रूपमा एनआरएनए अहिले शून्यको अवस्थामा छ। तर संस्थापक अध्यक्ष महतो भने डा. बद्री र उनी समूहकालाई लाइन लगाएर मन्त्री भेट्न दौडाहामा छन्। सिंहदरबारमा मन्त्रीहरूको कार्यकक्ष मात्रै होइन परराष्ट्र मन्त्रीको निजी निवास बुढानीलकण्ठ सम्म पुगेका छन् ।
केसीले आफ्नो समूहको सल्लाहकार बनाएका तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको स्वकीय सचिव रहेका अतुल कोइरालालाई लिएर कांग्रेसी मन्त्रीहरुकोमा पुग्ने गरेको बताइएको छ। केसी र कोइराला रुसमा सहपाठी भएकाले उनले नै सहजीकरण गरिरहेको जानकारहरू बताउँछन्।
त्यसो त बद्री टिममा केही कांग्रेस निकटहरू पनि छन्। तर हिजो बुढानीलकण्ठले टिकट दिएको भनिएकाहरू बद्री समूहमा छैनन्।
अधिकांश भेटमा एनआरएनका गतिविधिहरूको बारेमा कुराकानी भएको भनिए पनि भित्री कुरा सबैले एनआरएनमा आफ्नो भविष्यको बारेमा चिन्ता व्यक्त गरेको मन्त्री निकटको भनाइ छ।
प्रधानमन्त्री निकट महतो र बद्रीले मन्त्रीहरू अगाडि लाइन लाग्दा शेरबहादुर निकट भनिएका, सर्वोच्चले खारेज गरेको तीन मध्येका एक अध्यक्ष कुल आचार्य, पछिल्लो चुनावमा अध्यक्षका उम्मेदवार जसलाई टिकट बुढानीलकण्ठले दिइएको भनिएको थियो, यस्तै उपाध्यक्षको उम्मेदवार भएका र काठमाडौँ बुथमा शुन्यमत आए पछि झन् चर्चामा पुगेका एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेलहरू भने अलमलमा देखिएका छन्।
हाल बेलायतमा रहेका कुल आचार्यले आफूहरू अलमलमा नरहेको बताए। ‘हामी देखावटी गर्दैनौ, सम्पर्कमा नै छौ।’ समाज टाइम्स सँग केसीले भने,’ ठुलो पार्टीको सरकार बनेको छ, एनआरएनए बुझेको मान्छे मन्त्रालयमा आउनु भएको छ, हामीले फोनबाटै सबै अपडेट गराएका छौ।’
आचार्यले कसले पहिला फूल गुच्छा लिएर मन्त्री भेट्यो भन्ने कुरा ठुलो नहुने बताए।
यस्तै जापानमा रहेका महेश श्रेष्ठले पनि फूल गुच्छा सहित मन्त्री भेट्ने कुरालाई कुनै ठुलो इसु बनाउन नपर्ने बताए।
‘बधाई दिनु स्वाभाविक हो, अन्यथा लिन भएन, उहाँहरू नेपालमा भएकोले जानु भयो होला हामी पनि अब जानु पर्ला, हामी अलमलमा छैनौ।’ समाज टाइम्स सँग श्रेष्ठले भने, ‘को पहिला गएर के हुने भन्ने पनि होइन, फोनमा बधाई दिएकै छौ, हामी सुस्ताएको भन्न आवश्यक छैन।’
श्रेष्ठले एनआरएनए बचाउन सबै लाग्नु पर्नेमा जोड दिए। एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा. पौडेलले सर्वोच्चको पूर्ण पाठ नआउँदा सम्म एनआरएनएको नाममा कसैले गरेको भेटको अर्थ नहुने बताए।
उनले कसले कसलाई कहाँ कसरी भेट्यो भन्दा पनि आफूहरू एनआरएनए अभियानको विषयमा चिन्तित रहेको र सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ कुरिरहेको बताए ।
सर्वोच्चबाट खारेजीमा परेकी तीन मध्येकी अर्की अध्यक्ष रविना थापा, महेश टिमबाट महासचिवका उम्मेदवार बुद्धि सुवेदी काठमाडौँमा नै छन्। तर उनीहरूले मन्त्री भेटेको फोटो सार्वजनिक भएको छैन।
तर हिजो ‘एनआरएनए बिगार्ने’ भन्दै गम्भीर आरोप र लाम्छाना लागएकाहरु अहिले उनीलाई फुल गुच्छा लिएर दौडमा अगाडि रहेका छन्।
जबकि सर्वोच्च अदालतको फैसलासँगै यसअघि दसौँ र ११ औँ अधिवेशन अवैध भइसकेको छ । अहिले एनआरएनको मुख्य तालाचावी फैसला अनुसार डा. शेष घलेसँग छ । घले पनि अझैँ सक्रिय भएका छैनन् ।
घलेको टिम अहिले सर्वोच्चको फैसलाको पूर्ण पाठ कुरिरहेको छ ।
यसबिचमा सर्वोच्च अदालतमा डा. बद्री केसी समूहका काम गर्न दिनुपर्ने माग गर्दै रिट निवेदन दर्ता गरे पनि उक्त रिटको सुनुवाइको मिति साउन १५ मा तोकिएको छ भने उक्त सुनुवाइ हुनु अघि फैसलाको पूर्ण पाठ आउने सम्भावना धेरै रहेको जानकारहरू बताउँछन् ।
एनआरएन टोलीलाई भेट्दै प्रधानमन्त्रीले भने ‘म सधैं साथमा छु’
July 20, 2024 @ 9:00 pm
[…] […]
वद्री केसी समूहको पूर्ण सुनुवाई मंगलबार पनि भएन
July 30, 2024 @ 10:18 am
[…] […]