पेन्सिल्भेनियाको पिट्स्बर्गमा महायज्ञ सुरु

Getting your Trinity Audio player ready...
|
पिट्स्बर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनियाको पिट्स्बर्ग रहेको श्रीकृष्ण मन्दिरमा संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ बुधवार देखि सुरु भएको छ।
श्रीकृष्ण मन्दिरको आयोजनामा सुरु भएको महायज्ञ जुलाई दुई तारिख सम्म जारी रहने छ। मन्दिरका अध्यक्ष तथा महायज्ञ आयोजक समितिका अध्यक्ष टेकनाथ नेपालका अनुसार महायज्ञ सुरु हुनु अघिल्लो दिन मंगलवार कलश यात्रा गरिएको थियो।
कलश यात्रामा नौमती बाजा पनि बजाइएको थियो। अध्यक्ष नेपालका अनुसार आज बुधवार बाट हरेक बिहान आठ बजे देखि मध्यान्न १२ बजे सम्म मूलपाठ परायण हुने छ। यस्तै दिउँसो एक देखि पाँच बजे सम्म कथा प्रवचन हुने छ।
कथा प्रवचन स्वामी हरिप्रपन्नाचार्य (हरि ओम स्वामीजी) बाट हुने छ। यस्तै पाठ परायण पण्डित बालकृष्ण पोखरेलबाट हुने छ।

कार्यक्रम सहयोगी श्रीवैदिक सनातन श्री राधाकृष्ण कीर्तन मण्डली, पिट्स्बर्ग रहेको छ।
अध्यक्ष नेपालले पिट्स्बर्ग आसपास रहेका सबैलाई महायज्ञमा उपस्थित हुन अनुरोध गरेका छन्।