कोपामा पेरु र चिलीले अंक बाँडे
पेन्सिल्भेनिया । अमेरिकामा जारी ४८औँ संस्करण कोपा–अमेरिका फुटबल प्रतियोगितामा पेरु र चिलीले अंक बाँडेका छन्।
शुक्रबार राति भएको खेलमा खेलमा दुवै टोलीले गोलरहित बराबी खेल्दै एक–एक अङ्क बाँडेका हुन् ।
यो बराबरीसँगै समूह ‘ए’मा एक अङ्कसहित पेरु दोस्रो र समान अङ्क बटुलेको चिली तेस्रो स्थानमा छ। तीन अङ्कसहित अर्जेन्टिना शीर्ष स्थानमा छ।
एक खेल खेलेको क्यानडाले भने अङ्क जोड्न सकेको छैन। समूहको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलले हराएको थियो।