मधेस सरकार मुख्यमन्त्री र माका अध्यक्ष बिच फोन वार्ता,वैदेशिक लगानी बारे कुराकानी
पेन्सिल्भेनिया/ नेपालका मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंह र मधेसी एसोसिएसन इन अमेरिका (मा) का अध्यक्ष डा संगीत रौनियार बिच टेलिफोन वार्ता भएको छ।
अध्यक्ष रौनियारका अनुसार वार्ताका क्रममा उनले नवनियुक्त मुख्यमन्त्री सिंहलाई बधाई तथा शुभ कामना दिएका थिए।
वार्ताको क्रममा अध्यक्ष डा रौनियारले अमेरिकामा रहेको मधेसीहरूको संगठन ‘मा’ संस्थाले अमेरिका र नेपालमा विभिन्न क्षेत्रमा गर्दै आएको कामका बारेमा जानकारी गराएका थिए।
उनले हाल गरिँदै आएको कामहरूलाई निरन्तरता दिने र नयाँ कार्यक्रम थप गरिने जनाकारी दिएको बताए।
वार्ताको क्रममा मधेसको विकासको लागि वैदेशिक लगानी सम्बन्धी जानकारी मूलक कार्यक्रमहरूको आयोजना गरिने कुराकानी भएको डा रौनियारले बताए।