अमेरिकी क्रिकेटले बनायो इतिहास, पुग्यो टी २० विश्वकपको सुपर एटमा

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ अमेरिकी पुरुष क्रिकेट टोलीले शुक्रवार इतिहास बनाएको छ। आइसिसी पुरुष टी २० विश्वकपको सुपर एटमा पुग्दै अमेरिकाले इतिहास बनाएको हो।
फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी रंगशालामा शुक्रवारका लागि निर्धारित आयरल्यान्ड विरुद्धको खेलमा मौसमका कारण रद्द हुँदा अमेरिकालाई इतिहास बनाउन केही सहज भयो।
आरयल्याण्ड विरुद्धको खेल हुन सकेन र दुवै टिमले एक एक अङ्क बाढे। जसबाट अमेरिकाले तीन खेलमा पाँच अङ्क बनायो।
विश्वकपको उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई हराएको थियो। टेक्ससको ग्राण्डप्रेरी रंगशालमा भएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो। सोही रंगशालामा अमेरिकाले पाकिस्तानको चुनौती पन्छाएको थियो।
अमेरिकाले पाकिस्तानलाई पाँच रनले हराएको थियो। न्यु योर्कमा भएको खेलमा भने अमेरिका भारत सँग पराजित भएको थियो। हरेक खेल जित्नेले दुई अङ्क पाउँछन्। सहआयोजक मध्येको एक अमेरिका पाँच अङ्क सहित समूह ए बाट उपविजेता बन्दै सुपर एटमा पुगेको हो। यो समूहबाट भारत ६ अङ्क सहित शीर्ष स्थानमा रहँदै सुपर एटमा पुगी सकेको छ।
शुक्रवारको खेल रद्द हुँदा सबै भन्दा धेरै घाटा पाकिस्तानलाई भयो।
अमेरिकी क्रिकेट टिमका कप्तान मोनाङ्क पटेलले विश्व क्रिकेटको नक्सामा अमेरिका परेको प्रतिक्रिया दिएका छन्।
सह-आयोजकको रूपमा विश्वकपमा डेब्यू गरेको अमेरिकाले अब सुपर एटमा शीर्ष टोली सँग प्रतिस्पर्धा गर्ने छ।