विश्वकपमा युगान्डाको पहिलो जित
डालस । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा युगाण्डाले पपुवा न्यूगिनी (पीएनजी) लाई तीन विकेटले हराएको छ । पीएनजीले दिएको ७८ रनको लक्ष्य युगान्डाले १८ ओभर दुई बलमा सात विकेट गुमाएर भेट्टायो ।
युगाण्डाका लागि रियाजत अली शाहले सर्वाधिक ३३ रन बनाए । पीएनजीका लागि अले नाओले दुई विकेट लिए । यस्तै नर्मन भानुआ, चाड सोपर र असद वालाले समान एक विकेट लिए ।
यसअघि अमेरिकाको प्रोभिडेन्स क्रिकेट मैदानमा पपुवा न्यूगिनी १९ ओभर एक बलमा ७७ रनमा अल आउट भयो । उसका लागि हिरि हिरिले १५ रन बनाए । यस्तै लेगा सियाका र किप्लिन डोरिगाले समान १२ रन बाहेक अन्य व्याटरले दोहोर अङ्क जोड्न सकेनन् । यो जितसँगै युगाण्डाले समूह तालिकामा दुई अङ्क जोडेको छ ।