विश्वकपको उद्घाटन खेलमा अमेरिका र क्यानडा भिड्दै
पेन्सिल्भेनिया । अमेरिका र क्यानडाबीचको खेलबाट २०२४ को टी–२० विश्वकप सुरु हुँदैछ । पहिलो खेल आज (जुन १ शनिबार) अमेरिकाको टेक्डसास राज्यको डालसमा हुनेछ । आईसीसीको पूर्ण सदस्य बंगलादेशलाई पराजित गरेको आयोजक टोली अमेरिका र क्यानडाबीचको टी–२० विश्वकपको खेलमा जितको दावेदार हुनेछ । अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान स्टुअर्ट ल अमेरिकाका प्रशिक्षक हुन् ।
टी-२० विश्वकपमा डेब्यु गर्ने टोलीले केही आश्चर्यजनक नतिजा हासिल गर्न सक्छ। प्रतियोगिताको तयारीमा रहेको अमेरिकाले पूर्ण सदस्य बंगलादेशलाई २–१ ले हराएर कम आँकलन गर्न सकिँदैन भन्ने प्रमाणित गरेको छ । हालै अमेरिकाले क्यानडालाई ४–० ले हराएको थियो ।
न्युजिल्याण्डका पूर्व खेलाडी र २०१५ को विश्वकप फाइनलमा पुगेका कोरी एन्डरसन पनि टोलीमा छन् । जसको नेतृत्व विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलले गर्नेछन्। गुजरातको आनन्दमा जन्मेका मोनाङ्कले सन् २०१६ मा अमेरिकामा बसोबास गर्नुअघि आफ्नो घरेलु टोलीका लागि उमेर-समूहको क्रिकेट खेलेका थिए। उनी २०१८ विश्व टी-२० अमेरिका क्वालिफायरमा छ पारीमा २०८ रन बनाएर शीर्ष स्कोरर थिए । २०१९ मा उनको टी-२० अन्तर्राष्ट्रिय डेब्यू गरे ।
अमेरिकन टोलीमा मुम्बई र राजस्थान रोयल्सका पूर्व बायाँ हात स्पिनर हरमित सिंह र दिल्ली र रोयल च्यालेन्जर्स बैंगलोरका पूर्व ब्याट्सम्यान मिलिन्द कुमारलगायत धेरै भारतीय क्रिकेटर छन्। उनको टोलीमा सौरभ नेत्रवलकर पनि छन्, जो अमेरिकाका लागि सबैभन्दा धेरै खेल खेलेका खेलाडी हुन्। ब्याटिङ अलराउन्डर नितिश कुमारले सन् २०१२ देखि २०१९ सम्म क्यानडाका लागि १८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए तर अब उनी अमेरिकी जर्सीमा देखिनेछन् ।
उनले यसै वर्ष अप्रिलमा क्यानडाविरुद्ध अमेरिकाका लागि टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।
क्यानडासँग स्पिनर साद बिन जाफरको ठूलो अनुभव छ। क्यानडाको टोलीमा चार खेलाडी मात्रै ३० वर्ष मुनिका छन् । दुई छिमेकी टोलीबीच पुरानो प्रतिद्वन्द्वी छ । अमेरिका र क्यानडाको टोली पहिलो पटक टी–२० विश्वकपमा भिड्दैछन् । दुवै टोली समूह ए मा भारत, पाकिस्तान र आयरल्याण्ड रहेका छन् ।
क्यानडाको कप्तानी पाकिस्तानी मूलका अलराउन्डर साद बिन जफरले गरिरहेका छन् । टोलीले पहिलो पटक विश्वकप खेल्दै छ, त्यसैले अपेक्षाको कुनै दबाब छैन।
खेलको समयमा वर्षाको सम्भावना छ। हालै टेक्सासमा आँधी आएको थियो । जसका कारण नेपालसँगको क्यानडाको अभ्यास खेल पनि प्रभावित भएको थियो ।
संयुक्त राज्य अमेरिका: मोनांक पटेल (कप्तान), आरोन जोन्स (उपकप्तान), एन्ड्रिज गौस, कोरी एन्डरसन, अली खान, हरमित सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिश कुमार, नोष्टुश केन्जिगे, सौरभ नेत्राल्भकर, शाडले भान शाल्क्विक, स्टीवन टेलर र शायन जहाँगीर।
क्यानडाः साद बिन जफर (कप्तान), आरोन जोन्सन, रविन्द्रपाल सिंह, नवनीत धालीवाल, कलीम साना, डिलोन हेलिगर, जेरेमी गोर्डन, निखिल दत्त, परगट सिंह, निकोलस किर्टन, र्यान खान पठान, जुनैद सिद्दिकी, दिलप्रीत बाजवा, श्रेयस मोभा, जोशी।