टी-२० विश्व कप अगाडि नेपालले एनआरएनए-अमेरिका कप खेल्ने
टेक्सस/ नेपाली राष्ट्रिय टिमले आइसीसी टी-२० विश्व कप क्रिकेट अगाडि एनआरएनए-अमेरिका क्रिकेट प्रतियोगिता खेल्ने भएको छ।
आइसीसी टी-२० विश्व कप मे १ तारिख देखि अमेरिका र वेष्ट इन्डिजमा हुँदै छ।
नेपाल अहिले विश्व कपको तयारीमा छ। पेरिभ्यु क्रिकेट कम्पेक्सले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता मे २२ र २३ तारिख टेक्सस राज्यको ह्युस्टन सहर स्थित पेरिभ्यु क्रिकेट मैदानमा हुने छ।
दुई दिने प्रतियोगितामा नेपाली राष्ट्रिय टिमले ह्युस्टन हरिकेन्स सँग खेल्ने छ। ह्युस्टन हरिकेन्स अमेरिकामा माइनर लीग फ्रान्चाइज टिम हो।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ।
नेपाली टिमको तयारीलाई सहयोग गर्न एनआरएनए अमेरिकाले प्रतियोगितालाई प्रायोजन गरेको जनाएको छ।
‘हामीले अघिल्लो पटक नेपाली राष्ट्रिय टिम अमेरिका आउँदा एनआरएनए कप आयोजना गरेका थियौ,यस्तो म्याचले टिमलाई यहाँको हावापानीमा अभ्यस्त हुन सहयोग गर्ने रहेछ, अहिले फेरि पनि हामीलाई अनुरोध आएकाले प्रतियोगितामा मुख्य प्रायोजन गर्न लागेका हौ।’ एनआरएनए एनसीसी अमेरिका महासचिव रामहरि अधिकारीले समाज टाइम्स सँग भने।
‘यसको मुख्य उद्देश्य नेपाली राष्ट्रिय टोलीलाई टेक्ससको हावापानीसँग घुलमिल गर्दै अभ्यास खेल लाई निरन्तरता दिनु नै हो।’ उनले भने,’ नेपाल क्रिकेट संघ क्यान सँगको समन्वयमा नै राष्ट्रिय टिमलाई हामीले सहयोग गर्न लागेका हौ।’
‘नेपालको राष्ट्रिय टिमलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यका साथ २०२२ मा प्रथम संस्करणको आयोजना गरेका थियौ अहिले फेरि विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीलाई दोस्रो संस्करण आयोजना गर्न पाउँदा हामीले गौरव महसुस गरेका छौँ।’ महासचिव अधिकारीले भने।
एनआरएनए अमेरिकाका युवा उपाध्यक्ष अनुप खनालका अनुसार प्रतियोगितामा एनआरएनए अमेरिका अन्तर्गतको युवा विद्यार्थी तथा खेलकुद कमिटी ,नेप्लिज एसोसिएसन अफ ह्युस्टन, एनआरएनए अमेरिका टेक्सस च्याप्टर र साथी बाल्टिमोरले सहयोगीको भूमिका निर्वाह गर्ने छ।
कोषाध्यक्ष सरोज सिग्देलका अनुसार प्रतियोगिताका लागि एनआरएनए अमेरिकाले १५ हजार अमेरिकी डलर खर्च गर्ने छ। ‘ड्रिम्स स्पोर्टस भेन्चर सँग सम्झौता गरेका छौ, यो संस्थाले ह्युस्टन हरिकेन्सको व्यवस्थापन हेर्छ, हामीले उनीहरू सँग सहकार्य गर्दै टाइटलको प्रायोजन गरेका हौ।’ कोषाध्यक्ष सिग्देलले भने,’प्रतियोगिताका लागि ३० हजार डलरको बजेट छ बाँकी ड्रिम्स स्पोर्टस भेन्चरले व्यवस्थापन गर्छ।’
कोषाध्यक्ष सिग्देलले एनआरएनए अमेरिकाले दाताहरू सँग आर्थिक सङ्कलन गरेर खर्च जुटाइने बताए। ‘अहिले सम्म ३५ सय डलर उठेको छ, सकेसम्म सबै पैसा हामी दाताबाट नै सङ्कलन गर्छौ, नपुग भए कोषको पैसा खर्च गर्छौ।’ सिग्देलले भने।
एनआरएनए कप क्रिकेट प्रतियोगिता एक दिन सर्यो
May 21, 2024 @ 11:40 am
[…] टी-२० विश्व कप अगाडि नेपालले एनआरएनए-अ… 0SHARESShareTweet […]