सन्दीप लामिछानेको निल्मबन फुकुवा हुदैछ,विश्व कप खेल्छन्: क्यान अध्यक्ष चन्द
पेन्सिल्भेनिया/ नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटर सन्दीप लामिछाने माथिको निलम्बन फुकुवा गर्ने प्रक्रियामा आफूहरू गइसेकेको बताए छन्।
बलात्कार मुद्दामा उच्च अदालतले सन्दीपलाई बुधवार सफाइ दिएको पछि उनी माथिको निल्मबन फुकुवा हुन लागेको चन्दको भनाई छ।
समाज टाइम्स सँगको कुराकानीमा अध्यक्ष चन्दले सन्दीपले आइसीसी टी-२० विश्वकप समेत खेल्ने बताए। विश्व कप यसै महिना देखि अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदै छ।
‘हामी केही समयमा नै सन्दीप माथिको निल्मबन फुकुवा गर्छौ, त्यस पछि आइसीसीलाई जानकारी पठाउँछौ।’ अध्यक्ष चन्दले भने,’२५ तारिख सम्म अन्तिम नामावली संशोधन गर्न पाइन्छ हामी त्यसै अनुसार गर्छौ।’
अध्यक्ष चन्दले अब एक दिन पनि ढिला नगरी सन्दीपलाई टिम भएको स्थानमा पठाइने बताए। ‘आइसीसीले हुँदैन भन्ने हुन्न अब सन्दीपले विश्वकप खेल्छन्।’ चन्दले भने। ‘अहिले भइरहेको १५ जनामा एक जनाको ठाँउमा सन्दीप अटाउछन्।’