पेन्सिल्भेनियामा रहेका नेपाली भाषीलाई राज्य सिनेट उम्मेदवार प्याटी किमको ‘निम्तो’

Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया/ राज्य सिनेटका लागि डेमोक्र्याट उम्मेदवार प्याटी किमको समर्थनमा हुने कार्यक्रममा पेन्सिल्भेनियामा रहेका नेपाल भाषीलाई आमन्त्रण गरिएको छ।
किमको समर्थनमा एसियाली अमेरिकन र प्यासिफिक आइल्याण्डर (एएपीआई) समुदायको तर्फबाट कार्यक्रम तय गरिएको हो ।
ह्यारिसबर्ग स्थित किमको चुनावी क्याम्पियन हेड क्वाटरमा (1426 N 3rd st, Harrisburg,PA 17102) मे १८ शनिवार तारिख साँझ साढे पाँच देखि साँढे सात बजे सम्मका कार्यक्रम हुने छ।
कार्यक्रममा सहभागी हुन तपाईँले यहाँ क्लिक गरी टिकट लिन सक्नु हुने छ।
को हुन् किम
पूर्व पत्रकार तथा समाचार वाचीका किम एसियन मूलकी अमेरिकन हुन्। उनी पेन्सिल्भेनिया महासभामा निर्वाचित पहिलो एसियाली-अमेरिकी महिला हुन्। किम हाल १०३ डिस्ट्रिकबाट पेन्सल्भेनिया हाउस अफ रिप्रिजेन्टेटिभको सदस्य हुन्। उनले सन् २०१३ देखि यो क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएकी छिन्। त्यस अगाडि उनी ह्यारिसबर्ग सिटी काउन्सिलवुमन थिइन्।
उनी पेन्सिल्भेनियाको डाउफीन काउन्टीको ह्यारिसबर्ष र कम्बरल्याण्ड काउन्टीको क्याम्प हिल क्षेत्रबाट उम्मेदवार हुन्। यो राज्य सिनेटमा डिस्ट्रिक १५ हो।
पेन्सल्भेनियाभरिका एएपीआई समुदायहरूको हितका लागि लड्दै आएकी किमले यस विरासतलाई निरन्तर दिन अब सिनेट तर्फको यात्रामा पाइला चालेको बताउँदै आएकी छिन्।
उनी पेन्सिलभेनिया लेजिस्लेटिभ एसियन प्यासिफिक अमेरिकन (ककस) को अध्यक्ष समेत भइसकेकी छिन्। कोभिड १९ महामारीमा एसियाली अमेरिकन विरुद्ध फैलिएको हिंसाको निन्दा गर्न किमले सार्वजनिक रूपमा बोलेकी थिइन्। यस्तै एएपीआई क्षेत्रको इतिहास, योगदान र सरोकारहरूको बारेमा समावेशी ऐनलाई सह-प्रायोजित गरेर स्कुलहरूलाई उनीहरूको कक्षाकोठामा प्रयोग गर्नको लागि आफ्नो प्लेटफर्मको प्रयोग गरेकी थिइन्।
उनले अब आफ्नो प्रभावलाई जारी राख्न र विस्तार गर्न राज्य सिनेटको लागि दौडिमा रहेको र त्यसलाई सहयोग गर्न नेपाली भाषी समुदाय सँग पनि आग्रह गरेकी छिन्।
५० वर्षीया किम सन् १९७३ मा सान डिएगोमा जन्मिएकी हुन्। किम आफ्नो पति जोन साइडर र छोरासँग ह्यारिसबर्गमा बस्छिन् । उनकी छोरी टेम्पल युनिभर्सिटीमा विद्यार्थी छिन्।
सन् १९९५ मा बोस्टन कलेजबाट आमसञ्चारमा स्नातक गरेकी किम सरकारी सुधार र पारदर्शितामा जोड दिने नेता हुन्।
पेन्सिल्भेनियाबासीहरुका लागि जीवनयापनयोग्य ज्याला उपलब्ध गराउने ककसको मागमा किमले नेतृत्व गर्दै आएकी छिन्। उनले राज्यसभामा न्यूनतम ज्याला वृद्धि गर्न बिलहरू पेश गरेकी थिइन्।
उनले हजारौँ पेन्सिलभेनियालीहरूलाई गरिबीबाट बाहिर निकालेर मध्यम वर्गलाई पुनर्स्थापित गर्न न्यूनतम पारिश्रमिक वृद्धिको लागि आफ्नो लडाइ जारी राख्ने बताएकी छिन्।
किमले विनियोजन, शिक्षा, बीमा र स्थानीय सरकार समितिहरूमा समेत काम गरेकी छिन्।
किमले आफू पत्रकार हुँदा समाचार सङ्कलनका लागि टोल टोलमा पुगेको र हरेक घरको समस्या सँग आफू परिचित रहेको बताउँदै आएकी छिन्।
‘यो समुदायलाई म को हुँ भनेर थाहा छ र मैले उनीहरूका लागि कसरी लड्छु भनेर उनीहरूले देखेका छन्।’ पूर्व पत्रकार किमले एक विज्ञप्तिमा भनेकी छिन्,’ म तपाईँलाई वाचा गर्छु कि म यस जिल्लाका सबै परिवारहरूको लागि हुनेछु।’
उनले समुदायमा अझ धेरै नागरिक र परिवारहरूको प्रतिनिधित्व गर्ने अवसरबाट आफू उत्साहित भएको बताउँदै आएकी छिन्।
‘यो मेरो घर हो र यो काउन्टीले मेरो वयस्क जीवनलाई आकार दिएको छ। मेरा बच्चाहरूले हर्से पार्कमा काम गरे, मेरो श्रीमान् र म स्टोनी भ्याली रेल ट्रेलमा हाईक गर्छौं र मैले स्थानीय टेलिभिजन स्टेशनमा काम गर्दा वर्षौंसम्म काउन्टीभर समाचारहरू कभर गरेँ।’ किमले विज्ञप्तिमा भनेकी छिन्, ‘यहाँ मेरा छिमेकीहरूले सामना गरिरहेका समस्याहरू मलाई राम्ररी थाहा छ किनभने तिनीहरू म नजिकै बस्ने मानिसहरू हुन्, जो किराना पसल, रेस्टुरेन्टकाम गर्छन्।’
किम न्यूनतम ज्याला १५ डलर बनाउनु पर्ने पक्षमा रहँदै आएकी छिन्। यस्तै बन्दुक हिंसाको वृद्धिलाई सम्बोधन गर्नु पर्ने, स्वास्थ्य सेवाको पहुँच विस्तारमा जोड दिँदै आएकी छिन्।
प्राइमरीमा सानदार जित
डिस्ट्रिक्ट १५ मा पेन्सिलभेनिया सिनेटका लागि प्राइमरी चुनावमा डेमोक्र्याट किमले फराकिलो जित हात पारेकी छिन्।
पेन्सिलभेनिया सिनेटको लागि डेमोक्र्याट पार्टीको आन्तरिक चुनावमा किमले एल्भिन टेलरलाई हराइन्।
प्राइमरीमा किमले ८७ प्रतिशत मत प्राप्त गरिन्। किमले ह्यारिसबर्गका पास्टर एल्भिन क्यू टेलरलाई १३ हजार आठ सय २२ मतले पराजित गरेकी हुन्।
अबको चुनौती बहालवाला सांसद
किमले आगामी नोभेम्बरमा १५ डिस्ट्रिकका बहालवाला रिपब्लिकन जोन डिसान्टोको चुनौती पन्छाउनु पर्ने हुन्छ। डिसान्टो दोस्रो कार्यकालमा कार्यरत छन्। हाल उनी सिनेट बैंकिङ र बीमा समितिको अध्यक्ष, शहरी मामिला र आवास समितिको उपाध्यक्ष, शिक्षा, श्रम, उद्योग, र यातायात समितिको सदस्य छन्।
सन् २०२० मा डिसान्टोले डेमोक्रेटिक प्रतिद्वन्द्वी जर्ज स्कटलाई ३ अंकले पराजित गरेका थिए ।
यो जिल्लामा कोनेवागो, डेरी ईस्ट, ह्यानोभर, लन्डनडेरी, लोअर प्याक्सटन, लोअर स्वातारा, मिडल प्याक्सटन, साउथ ह्यानोभर सुस्केहन्ना, स्वातारा र वेस्ट ह्यानोभर पर्दछ। यसै गरी डौफिन, हाईस्पायर, हम्मेलटाउन, मिडलटाउनका केही अंश समावेश छ।
यस्तै प्याक्सटन, पेनब्रोक,रोयल्टन र स्टील्टन, पेन्सिल्भेनियाकै राजधानी शहर ह्यारिसबर्ग सिटी पनि यो क्षेत्रमा समावेश छ। यो क्षेत्रमा नेपाली भाषी समुदायको बाक्लो बसोबास छ।