आणविक हतियारको अभ्यास गर्न रुसी सेनालाई पुटिनको निर्देशन

Getting your Trinity Audio player ready...
|
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्र्न निर्देशन दिएका छन् ।
रुस युक्रेन युद्ध सुरु भएको २६ महिना पुग्दा पनि रोकिने संकेत नदेखिएपछि पुटिनले आक्रमणलाई झन तिब्र बनाउने उद्देश्यका साथ आफ्ना सेनालाई आणविक हतियारसहित अभ्यास गर्न निर्देशन दिएका हुन् । खास गरेर युक्रेनको सीमामा तैनाथ सेना र नौसेनालाई यो आदेश दिइएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।
अभ्यासमा आणविक हतियारहरू पनि समावेश हुने र हतियारहरूसँग कसरी तयारी गर्न सकिन्छ र तिनीहरू केका लागि प्रयोग गर्न सकिन्छ भनेर तयारी अवस्थामा रहन निर्देशन दिएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।
युक्रेनसँग युद्ध सुरु भएदेखि नै पुटिनले आणविक हतियारलाई लिएर पटकपटक अन्तर्राष्ट्रिय जगतलाई धम्क्याउँदै आएका छन् । पछिल्लो समय फेब्रुअरीमा पनि उनले आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएका थिए। रुसी सेनालाई युक्रेन बाहेक पश्चिमा देशबाट पनि खतरा रहेको भन्दै पुटिनले आफ्ना सेनालाई तयार रहन निर्देशन दिएको रुपमा विभिन्न सञ्चारमाध्यमहरुले खबरमा उल्लेख गरेका छन् ।